मतदान गर्न गाँउ गएका दार्चुलाका विष्टको हत्यारा सार्वजनिकको माग

कञ्चनपुर: ब्याँस गाँउपालिका ४ डोकटका स्थानीय नरेन्द्र सिह विष्टका हत्यारा सार्वजनिकको माग अघि सारिएको छ । मृतक विष्ट परिवारले नरेन्द्रको हत्या नै नभएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो । जिल्ला सदरमुकाम खलङगा बजारबाट मतहाल्न ब्याँस गाँउपालिका ४ सुनसेरा गएका खलङगाबजारमा होटल व्यवसायी गर्दै आएका ३५ बर्षिया ब्याँस गाँउपालिका ४ डोकटका मतदाता नरेन्द्र सिह विष्टको हत्या भएको थियो ।
विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा सोमबार बिहानै शव फेला परेको थियो ।

मृतक विष्टका आफन्त मोहन सिह विष्टले मत हाल्नका लागि एकदिन अघि नै गाँउ पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातीदेखि नै खोजि गरेको बताए । ‘काका मत हाल्नकै लागि गाँउ आएका थिए, ‘विष्टले भने, ‘मतदानको अधिल्लो दिन गठबन्धनका मान्छेसंग विवाद भएको सुनियो, ‘उनले भने, ‘गठबन्धनलाई वा एमालेलाई मत दिने विषयमा विवाद भएको रहेछ, उक्त समुहले नै हत्या गरेर फालिएको बुझिन आएको छ ।’ एमालेले सत्ताको आडमा मतदाता एमाले निकट, शुभचिन्तकलाई छानिछानी हत्या गर्न लागेको भन्दै भत्र्सना जाहेर गरेको छ ।

एमाले दार्चुलाले बाजुराका मात्रै एमाले कार्यकर्ता देख्ने एमाले प्रदेश र केन्द्रले दार्चुलाका एमाले कार्यकर्ताको हत्या हुँदा समेत चुप बसेको दुखेसो पोखेको छ । मृतक विष्ट परिवारले मत दिने नदिने विषयमा भएको विभत्स हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन ।दार्चुलाका स्थानीयले नरेन्द्रको हत्या नै भएकाले प्रहरी प्रशासनले गम्भिरता नलिएको दुखेसो पोखेका छन । ब्याँस गाँउपालिका एमाले स्थानीय नेताहरुले नरेन्द्रको विभत्स हत्या भएको भन्दै हत्याराको कानुनी दायरमा नआउँदासम्म शव नबुझ्ने अडान लिएका छन ।

ताजा समाचार