मत हाल्न गाँउ गएका दार्चुलाका एक मतदाताको हत्या

कञ्चनपुर: दार्चुलाको खलङगा बजारबाट मतहाल्नब्याँस गाँउपालिका ४ सुनसेरा गएका एक मतदाताको विभत्स हत्या भएको छ ।
दार्चुला खलङगाबजारमा होटल व्यवसायी गर्दै आएका ३५ बर्षिया ब्याँस गाँउपालिका ४ डोकटका मतदाता नरेन्द्र सिह विष्टको हत्या भएको हो ।
विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा सोमबार बिहानै शव फेला परेको छ । मृतक विष्टका आफन्त मोहन सिह विष्टले मत हाल्नका लागि एकदिन अघि नै गाँउ पुगेका नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातीदेखि नै खोजि गरेको बताए । ‘काका मत हाल्नकै लागि गाँउ आएका थिए, ‘विष्टले भने, ‘मतदानको अधिल्लो दिन गठबन्धनका मान्छेसंग विवाद भएको सुनियो, ‘उनले भने, ‘गठबन्धनलाई वा एमालेलाई मत दिने विषयमा विवाद भएको रहेछ, उक्त समुहले नै हत्या गरेर फालिएको बुझिन आएको छ ।’
मृतक विष्ट परिवारले मत दिने नदिने विषयमा भएको विभत्स हत्या भएको भन्दै हत्यारा सार्वजनिक नहुँदासम्म चुप नबस्ने चेतावनी दिएका छन । ब्याँस गाँउपालिका एमाले स्थानीय नेताहरुले नरेन्द्रको विभत्स हत्या भएको भन्दै हत्याराको कानुनी दायरमा नआउँदासम्म शव नबुझ्ने अडान लिएका छन । एमालेले सत्ताको आडमा मतदाता एमाले निकट, शुभचिन्तकलाई छानिछानी हत्या गर्न लागेको भन्दै भत्र्सना जाहेर गरेको छ ।
एमाले दार्चुलाले बाजुराका मात्रै एमाले कार्यकर्ता देख्ने एमाले प्रदेश र केन्द्रले दार्चुलाका एमाले कार्यकर्ताको हत्या हुँदा समेत चुप बसेको दुखेसो पोखेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । दार्चुलाका प्रहरी प्रमुख तर्कराज पाण्डेले भिरमा मान्छे मृत फेला परेको स्थानमा टोली पठाएर अनुसन्धान गरिने बताए । मृतक घर परिवार आफन्तले हत्या नै भएकाले घटनामा प्रहरीले आवश्यक अनुसन्धान गर्नुपर्ने माग अघि सारेको छ ।

ताजा समाचार