मत् बदर शुन्यमा झार्न नमुना मतदान

मतबदर शुन्यमा झार्न अपाङ्गता भएका व्यक्ति लाई मतदाता शिक्षा संगै नमुना मतदन


कञ्चनपुर : जिल्लाको महेन्द्रनगरमा आसन्न निर्वाचन लाई मध्यनजर गर्दै मतदाता शिक्षा र नमुना मतदान गरिएको छ।May be an image of 5 people, people sitting and indoorसुदूरपश्चिम समावेशी अपाङ्ग संघको आयोजनामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाडौको सहयोग भीमदत्त नगरपालिकाको समन्वयमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ लक्षित अपाङ्गता भएका व्यक्तिहरुलाई मतदाता शिक्षा र नमुना मतदान सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
May be an image of 11 people, people sitting, people standing and indoor
अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गरुन् र मत बदर नहोस् , मत बदरलाई शुन्यमा झार्ने मुख्य उद्देश्यले नमुना मतदान कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम अपाङ्ग महासंघ का निवर्तमान अध्यक्ष उपेन्द्र खडायतले बताउनुभयो ।May be an image of 5 people, people standing, people sitting and indoorउनका अनुसार, नमुना मतदान महेन्द्रनगरको कलश होटेलमा सभा हलको सभा हलमा अपाङ्गता भएका ३६ जना र उनका अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा जम्मा ३६ मत खसेका थिए ,जसमा २ मत बदर भएका छन् ।May be an image of 12 people, people sitting, people standing and indoor
आसन्न मंसिरमा ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन -२०७९ मा सबै अपाङ्गता भएका व्यक्तिहरूले सहि तरिका, सहज पहुँचले सहज रुपमा मतदान गर्ने सक्ने वातावरणको सिर्जना गर्नु पर्ने देखिन्छ । जसमा सपाङ्ग भएका सरह अपाङ्गता भएका व्यक्तिको समान पहुँच हुनुपर्छ ।May be an image of 10 people, people sitting, people standing and indoor

ताजा समाचार

spot_img