बृहत चौथो प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता: महिला तर्फ आज फाइनल, पुरुष तर्फ दोस्रो सेमिफाइनल

चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को आज उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा -११ क्लब भिड्ने, पुरुष तर्फ फाइनल यात्राका लागि स्टार सिटि धनगढी र पिएफए स्पोर्ट्स क्लब अत्तरिया प्रतिस्पर्धा गर्ने , भेट्रान तर्फ मनकामना र कैलारी भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको बृहत प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगितामा उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा -११ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।May be an image of 5 people, people standing and grassमनकामना युवा क्लबले आयोजना गरेको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा -११ क्लब बिच आज दिउँसो २ बजे रोमाञ्चक खेल हुने छ।
May be an image of 6 people, people standing and outdoors
यसैगरी पुरुष तर्फ फाइनल यात्राका लागि स्टार सिटि धनगढी र पिएफए स्पोर्ट्स क्लब अत्तरिया दिउँसो १:०० प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा जित हात पार्ने टिमले उपाधिका लागि नव:बुद्ध युवा क्लबको सामना कार्तिक २१ गते गर्नुपर्ने छ।May be an image of 5 people, people standing and grass
प्रतियोगिताको भेट्रान तर्फ मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिका संग भोलि कार्तिक २० गते प्रतिस्पर्धा गर्नेछ। मनकामना युवा क्लबको कैलारी गाउँपालिका संग फाइनलमा हेटटु हेट उपाधीका लागि यो तेस्रो भेट हुने पक्का भएको हो। कैलारीले दुई पटक उपाधी हात पारिसकेको छ । भने मनकामना उपाधी रक्षा गर्ने पक्षमा रहेको छ।May be an image of 11 people, people standing and outdoors
खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन भएको थियो। उक्त प्रतियोगिताको समापन कार्तिक २१ गते मनकामना युवा क्लबको खेलमैदानमा हुने मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो।उनका अनुसार , ‘प्रतियोगिता समापनको लागि हामी अब अन्तिम तिर पुग्न लागेका छौँ ।’May be an image of 10 people, outdoors and text that says 'चौथो प्रदेश क्लब स्तरीय महिला/ पुरुष तथा भेट्रान NISARGA फुटबल प्रतियोगिता २०७੯ 5 HAPA qy 29 कार्तिक 200ピ'
प्रतियोगितामा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नामो बुद्ध ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् । यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ। जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ क्लबको सहभागिता रहेको छ।May be an image of 10 people, people standing and grass
मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहेका छन् । कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले बताउनुभयो ।
प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय , महिला समुह तर्फ विजेता टिमले ५० हजार ,उपविजेता टिमले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पार्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ। यसैगरी प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् । भने उक्त विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार राशी को व्यवस्था रहेको छ।May be an image of 5 people, people standing and grass

ताजा समाचार

spot_img