कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका वडा नं. ५ मा आयोजित खुला फुटबल प्रतियोगितामा प्री-क्वाटरफाइनल अन्तर्गत पहिलो दिनको खेलमा तीन क्लब बिजय भएका छन् ।
बिहिवार प्री- क्वाटरफाइनलका तिन खेलमा पहिलो खेल सेक्युर्ड नेपाल दैजी र इटाहा चारपाते युवा क्लब (निलो) बिच भएको थियो। जसमा ५-१ गोलको अन्तरले सेक्युर्ड नेपाल दैजीले इटाहा चारपाते निलो लाई हराउदै जित निकालेको हो। दोस्रो खेलमा लालझाडी गाउँपालिका वडा न.५ लाई ०-२ गोलको अन्तरले हराउदै समावेशी एकता युवा क्लब बिजय भएको छ। उक्त दिन भएको तेस्रो खेल शनि युनाइटेड क्लब बिचपट्टीले २-० गोलको अन्तरले देखतभुली युवा समाज लालझाडी -५ का लाई हराउदै जित निकाल्न सफल भएको आई.सी. वाई सी.कप का संस्थापक हेमन्त रानाले बताउनुभयो ।
उनका अनुसार प्री- क्वाटरफाइनलको दोस्रो दिन आज पहिलो खेल अलस्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा न.१ र दिपशिखा युवा क्लब बेलडाँडी बैबाहा बिच बिहान १०:०० बजे , दोस्रो मछेली युवा क्लब कृष्णपुर-२ र हिमालय युवा क्लब झिलमिला बिच दिउँसो १२:०० बजे र उक्त दिनको तेस्रो खेल पुनर्वास न.पा-२ र न्यू गुलरिया युवा क्लबका बिच दिउँसो २:०० बजे प्रतिस्पर्धात्मक खेल इटाहा चारपाते युवा क्लबको खेलमैदानमा हुने छन् ।
” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ को कार्तिक ११ गते एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।
प्रतियोगिता इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन भैरहेको छ। प्रतियोगिता नकाउओट आधारमा संचालन भैरहेको छ। जसमा ३४ टिमको सहभागिता रहेको छ। पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिएको हो। उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।