बृहत प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

मनकामना युवा क्लबले चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ कार्तिक १५ गते उद्धघाटन हुने


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको चर्चित ख्यातिप्राप्त क्लब मनकामनाले बृहत प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उद्धघाटन हुने मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो।

उनका अनुसार ,युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नामो बुद्ध ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् । यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ। जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ रहेका छन् । अध्यक्ष पाण्डेले बताए ।

मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहने कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले जानकारी दिनु भयो। प्रतियोगिता कार्तिक १५ देखि २१ गते सम्म मनकामना युवा क्लबको खेलमैदानमा सञ्चालन हुने थापाले बताए। उनले भने’ भेट्रान फुटबल टिमको लागि उमेर हत तोकिएको छ , जसमा वि.स.२०४१ सालमा जन्म भएको नागरिकता अनिवार्य ल्याउनु पर्ने छ।’

प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय , महिला समुह तर्फ विजेता टिमले ५० हजार ,उपविजेता टिमले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पार्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ। यसैगरी प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् । भने उक्त विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार राशी को व्यवस्था रहेको छ।No description available.

यस्तो छ चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को खेलतालिका:

No description available.No description available.No description available.


ताजा समाचार

spot_img