पाचौं आई.सी. वाई सी. कप कार्तिक दोस्रो साताबाट शुरु


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउ पालिका वडा नं. ५ मा फुटबल प्रतियोगिता कार्तिक को दोस्रो साता देखि शुरु हुने भएको छ ।No description available.

” स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिका वडा नं. ५ वडा कार्यालय देखतभुलीको आयोजनामा र इटाहा चारपाते युवा क्लब देखतभुली को समन्वय तथा सहकार्यमा पाचौं आई.सी वाई.सी कप खुल्ला फुटबल प्रतियोगिता- २०७९ कार्तिक ११ गते देखि इटाहा चारपाते युवा क्लबको खेलमैदानमा सञ्चालन हुने पाचौं आई सी वाई सी कपका संस्थापक हेमन्त रानाले बताउनु भयो।No description available.

उनका अनुसार पाचौं आई सि वाई सी कपको विजेताले नगद ७१ हजार १ सय ५१ रुपैया, उपविजेताले ३५ हजार ५ सय ३५ रुपैया ट्रफी प्रमाण पत्र मेडेल हात पार्ने छन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले लाई समान १ हजार ५ सय प्रमाणपत्र ट्रफी समेत पुरस्कारको व्यवस्था रहेको छ। खेलाडीहरुको उत्साह र मनोबल छन् उच्च राख्नुका साथै सामाजिक सद्भावना र भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको हो।No description available.

टिम दर्ता शुल्क ५ हजार ५ सय ५१ रुपैया तोकिएको छ । भने टिम दर्ता कार्तिक ९ गते सांझा ५ बजे भित्र गरि सक्नु पर्ने रानाले बताउनु भयो ।प्रतियोगिताको खेल तालिका सार्वजनिक कार्तिक १० गते साझ ५ बजे प्रकाशन गरिने छ। उक्त प्रतियोगितामा अघिल्लो वर्ष भन्दा झन्डै २० हजार रुपैया बराबरको पुरस्कार राशिमा वृद्धि गरिएको छ।


ताजा समाचार

spot_img