बेलौरीमा पेनाल्टी सुट–आउट प्रतियोगिताको तयारी पूरा

कञ्चनपुर: बेलौरीमा आइतबार हुने एक दिवसीय पेनाल्टी सुट–आउट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित बेलौरी नगरपालिका वडा नम्बर ४ को आयोजनामा यही कात्तिक ६ गते आइतबार अपराह्न ४ बजेदेखि रातिसम्मै हुने प्रथम खुल्ला बेलौरी पेनाल्टी सुट–आउट प्रतियोगिता हुन लागेको हो । No description available.

प्रतियोगितामा सहभागिताका लागि आयोजकका ३ र अन्य १९ गरी जम्मा २२ टिम दर्ता भएका छन् । निष्पक्ष खेल सञ्चालन गर्न शनिबार साँझ बेलौरी नगर खेलकुद विकास समितिको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी गोला प्रथाबाट टाई–सिट तयार गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । सोही पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी गराइएको छ । पत्रकार सम्मेलनको सहजीकरण लक्ष्मण सिंह दियालले गर्नुभएको थियो । उक्त पत्रकार सम्मेलनमा आयोजकसँगै खेल प्रशिक्षक र खेलाडीहरूको पनि सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार र द्वितीय हुने टिमले रु. २० हजार पुरस्कार प्राप्त गर्ने बेलौरी नगरपालिका वडा नम्बर ४ स्तरीय खेलकुद विकास समितिका अध्यक्ष शिशिर चापागाईँले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेलको सामाजिक सञ्जाल फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सफल पार्न सबैमा सहयोग तथा उपस्थितिको लागि आयोजकले सार्वजनिक आह्वान समेत गरेको छ ।No description available.

ताजा समाचार

spot_img