पन्चेश्वर गाउँ पालिकाले आफ्नाे ६ वडा भित्रका सबै धार्मिक तथा पर्यटकिय ठाउँ – ठाउँकाे रमणीय दृश्यहरूलाई छायांकन गरि युटुब च्यानल मार्फत माझ सार्वजनिक


कञ्चनपुर : सुन्दर सुदुर पश्चिमकाे संस्कृति भाषा धर्म जग्रेना गर्नका निमित्त पन्चेश्वर गाउँ पालिकाले अहिले आफ्नाे ६ वडा भित्रका सबै धार्मिक तथा पर्यटकिय ठाउँ – ठाउँकाे रमणीय दृश्य हरूलाई छायांकन गरि विभिन्न समाजिक संन्जालहरूमा गितकाे म्युजिक भिडियो मार्फत जय प्राप्ति म्युजिक ( Jaya Prapti Music ) यु टुब च्यानल मार्फत माझ सार्वजनिक गरेका छन ।

याे म्युजिक भिडियोकाे निर्देशन बरिस्ठ देउडा गायक – जयराज भट्टले गर्नु भएकाेछ । उक्त गितमा बहुचर्चित गायक,गायिकाकाे सुमधुर आवाजमा सजिएकाे छ । स्वर तर्फ – जयराज भट्ट / रेखा जाेशी / गाैरी भट्ट / पुष्पा बाेहरा / सुप्रिम मल्ल ठकुरी र प्राप्ति भट्ट रहेका छन भने लय शब्द सृजना – गायक – जयराज भट्ट काे नै रहेकाेछ । यश गितकाे एरेन्ज – चर्चित कलाकार बिनाेद बाजुरालिले गरेकाछन भने रेकर्डिङ तर्फ सागर बाजुराली / राजेन्द्र बाजुरालि र मिक्सिङ तर्फ खडक बाजुरालीकाे रहेकाे छ । अभिनयतर्फ – जयराज भट्ट / प्रिंका घटाल / प्राप्ति भट्ट / दिपक जाेशी / राेहित भण्डारी र स्थानीय धेरै अग्रज तथा केही पन्चेश्वर वासिहरूकाे अभिनय रहेकाेछ । छायांकन तर्फ – मरूभूमी नारायण भने सम्पादन – राेशन धिताल काे छ भने श्रृङ्गार तर्फ – यमुना पाण्डेकाे रहेकाे छ भने प्रकाश तर्फ – कृष्ण महर्जन / माेहन भट्टकाे रहेकाेछ । गितले जातिय भेदभाव रूढिबादि प्रथा छाउपणी जस्ता कुरा हरूलाई समेटेकाे पाईन्छ ।


ताजा समाचार

spot_img