माईती नेपालद्धारा भारतको राजधानीबाट जोखिममा रहेका एक बालकको सकुशल उद्धार


पप्पु गुरुङ्ग, दोधारा । माईती नेपालले भारतको राजधानी दिल्लीबाट एक बालकको उद्धार गरेको छ् । गए राती १२ बजे भारतको राधानी दिल्लीबाट बालकलाई जोखिमपुर्ण अवस्था बाट उद्धार गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले दिल्लीबाट खबर पठाएका छन् । बङ्गलाचुली गाँउपालिका वडा नं. ४, दाङ घर भएका १४ बर्षका (राम बहादुर बुढा (नाउ परिवर्तन गरिएको) बालकको उद्धार गरिएको हो । ति बालक करिब डेढ महिना अघि कामको खोजीमा गाँउको साथी संग भारतको दिल्ली पुगेका हुन । दिल्लीमा उनी एक रेष्टुरेण्टमा काम गर्दै आएका थिए । केही दिन अघि ती बालक एक्कासी सम्पर्क बिहीन भए पछि बालकका घर परिवार तथा आफन्तजनले खोजी कार्य शुरु गरेका हुन् ।

कहीं कतैबाट पनि बालकको खबर नपाएपछि नसकेपछि बालकका आफन्तले सामाजिक सञ्जाल मार्फत समेत माईती नेपाललाई बालकको खोजी तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेका थिए । खोजी तथा उद्धारका लागि आग्रह गरिएको २४ घण्टा नबित्दै माईती नेपालले बालकको खोजी तथा उद्धार गर्न सफल भएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । ‘हामीलाई सुरुमा सामाजिक सञ्जाल मार्फत सुचना प्राप्त भयो र त्यस पछि लिखितरुपमै बालकको खोजी तथा उद्धारमा सहयोगका लागि निबेदन प्राप्त भयो । प्राप्त सुचना अनुसार बालक जोखिमपुर्ण अवस्थामा हुनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो’ फोन मार्फत माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने–‘हामीले कुनै बिलम्ब नगरी खोजी कार्य शुरु गर्‍यौं ।

भारतीय प्रहरी समेत दिल्लीमा रहेका सबै मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत संघ संस्थालाई सहयोगका लागि आग्रह गर्‍यौं र २४ घण्टा नबित्दै बालकको खोजी तथा उद्धार गर्न सफल भयौं ।’ रोजगारको प्रलोभनमा साथीको लहलहैमा पहिलो पटक घर छोडेर दिल्ली पुगेका ती बालक न राम्रो संग बोल्न सक्छन न राम्रो संग बुझ्छन सक्ने रहेको कारण पनि खोजी कार्य निकै कठिन र चुनौतीपुर्ण रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । माईती नेपालले सुचना प्राप्त भएको २४ घण्टा भित्रै आफ्नो नेटवर्कको प्रयोग गर्दै स्थानीयबासी र भारतीय प्रहरीको सहयोगमा बालकको उद्धार गर्न सफल भएको बताईएको छ् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

अहिले बालकलाई दिल्लीमै रहेका उनका अभिभावकको जिम्मा लगाईएको छ । पछिल्लो समय माईती नेपालले भारतका बिभिन्न शहरमा बेचबिखनमा परिसकेका वा बेचबिखनको जोखिममा रहेको नेपाली महिला तथा बालबालिकाको एक पछि आर्को धमाधम उद्धार गर्दै आएको छ । गएको छ महिनामा मात्रै भारतका दिल्ली, मुम्बई, पुना, कलकत्ता, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चल,हरियाणा लगाएतका शहर र स्थान बाट १५ जना महिला तथा बालबालिकाको उद्धार गरिसकेको माईती नेपालीको तथ्यांकमा उल्लेख छ् ।


ताजा समाचार

spot_img