सामाजिक राज्यमन्त्रीले गरे खेलमैदानको निरीक्षण

 प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने मनकामना युवा क्लबको खेलमैदानको सामाजिक राज्यमन्त्री द्धारा अवलोकन तथा निरीक्षण गरे


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशकै नमुना युवा क्लब मनकामनाको खेल सञ्चालन हुनु पुर्व नै खेलमैदानको अवस्था बारे बुझ्न सुदूरपश्चिम प्रदेश सामाजिक राज्यमन्त्रीले अवलोकन तथा निरीक्षण गरेका छन् ।No description available.

सोमबार धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडा अवस्थित रहेको मनकामना युवा क्लब धनगढीले कार्तिक १५ गते देखि सञ्चालन गर्न लागेको चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने खेलमैदानको सामाजिक राज्यमन्त्री टेक बहादुर रैकाले क्लबको खेलमैदानको निरीक्षण गर्नु भएको कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका पुर्व अध्यक्ष डबल बहादुर थापाले बताउनु भयो।No description available.

खेलमैदानको निरीक्षण गर्दै ठुलो धनराशि पुरस्कार भएको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ आयोजना हुने प्रतीयोगितालाई मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो।No description available.No description available.


ताजा समाचार

spot_img