कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको भीमदत्तनगरपालिका –१८ स्थित रहेको महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)ले भूतपूर्व विद्यार्थी भेला सम्पन्न गरेको छ । शनिबार आयोजना गरिएको भूपु विद्यार्थी भेलामा विद्यालयबाट हाल सम्म अध्ययन गरेका विद्यार्थीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । ‘भूतपूर्व विद्यार्थी भेलामा लामो समय पछि आफु सँगै अध्ययन गरेका साथीहरु सँग भेट हुदाँ निकै रमाइलो लागेको भीनपा– १८ का निर्वतमान अध्यक्ष राजेन्द्र पाण्डयले बताए ‘यस प्रकारको कार्यक्रमले साथीभाईहरु सँग भेटनुको रमाइलो नै अलग भएको पाण्डेले बताए ।’


२०३३ सालमा स्थापित विद्यालयका संस्थापक अध्यक्ष तत्कालिन महेन्द्रनगर नगरपञ्चायतका प्रधानपञ्च स्व. मोहन बहादुर रावल रहेका थिए भने संस्थापक प्रधानाध्यापक स्व. धर्मानन्द शर्मा थिए । संस्थापक अध्यापकहरुमा आनन्दी पन्त, गंगन गिरि, पुष्पमणि भट्ट, कृष्णदत्त ओझा, जयदेव जोशी, नारा जोशी, बालकुमारी हमाल, तिर्थराज पन्त, र कर्मचारीहरुमा लोक बहादुर चन्द, बलदेव भट्ट रहेका थिए । प्रारम्भमा विद्यालय कक्षा ४ देखि १० सम्म सञ्चालन भएको थियो तर शिक्षा नियमावली अनुसार प्राथमिक तह ५ कक्षा सम्म भए पछि कक्षा ६ देखि १० सम्म विद्यालय सञ्चालनमा रहयो । महेन्द्रनगर माध्यमिक विद्यालयले आफनो ४७ वर्षको यात्रामा चार पटक विरेन्द्र विद्या शिल्ड (वि.सं. २०४०, २०४५, २०४६, २०५९) प्राप्त गरेको छ ।
‘वि.सं. २०६१ साल देखि उच्च माध्यमिक तहमा सम्बन्धन लिएर कक्षा ११ मा शिक्षा र वाणिज्यको पठनपाठन सुरु ग¥यो । वि.सं. २०६५ साल देखि विज्ञान विषयको अध्यापन गर्न पनि सुरु ग¥यो । सो वर्ष खुला विद्यालयको पनि पठनपाठन सुरु ग¥योे । वि.सं. २०६५ साल देखि कक्षा नर्सरी देखि कक्षा १ सम्मको स्वीकृति लिएर अंग्रेजी माध्यमको पढाई सुरुवात गरेको यस विद्यालयले हाल सम्म क्रमशः ५ ब्याचले एस.ई.इं परीक्षा अंग्रेजी माध्यमबाट उत्र्तीर्ण गरिसकेको छन् । वि.सं. २०६९ सालमा विद्यालयको विद्यालय भवनको गुरुयोजना भारतीय राजदूतावासबाट स्वीकृति भई ४ करोड २५ लाखको लागतमा यो विशाल ३२ कोठे भवन वि.सं. २०७३ सालमा सम्पन्न भयो । प्राविधिकधार तर्फ पनि विद्यालयले पाइला चाल्नु पर्छ भन्ने उद्देश्यका साथ वि.संं २०७५ सालमा सीटिभिटिबाट सम्बन्धन प्राप्त गरि ३ वर्षे बाली विज्ञानको सुरुवात गरेको’ विद्यालयका प्रधानाध्यापक ललित साउँदले बताए । उनले भने ‘वि.सं. २०७६ सालमा सिभिल ओभरसियरको सम्बन्धन लिई ३ वर्षे सिभिल ओभरसियरको अध्यापन सुरु गरियो । वि.सं. २०७९ सालमा कानुन विषय र प्रिडिप्लोमा ओभरसियर सम्बन्धि पठन पाठन कार्य भई राखेको छ ।’


सोही अवसरमा भूतपूर्व विद्यालय भेलाबाट भूतपूर्व विद्यार्थीहरुको तदर्थ समिती गठन गरेको छ । जसमा अध्यक्ष सुनिल दत्त ओझा, उपाध्यक्ष दिपेन्द्र भण्डारी, महासचिवमा शक्ति पन्त विष्ट, सचिवमा माधव भट्ट, कोषाध्यक्ष जय बहादुर महरा सदस्यमा डा. पदमा भण्डारी, टेक बहादुर चन्द, विशन देव जोशी, पुष्पमणी जोशी, जयन्ती थापा, पुष्पा जोशी, केशव दत्त भट्ट, राजेन्द्र बहादुर चन्द चयन भएका छन् ।
‘तदर्थ समितीले भूतपूर्व विद्यार्थी समाज गठन तथा दर्ताका लागि विधान तयारी गर्ने र सम्बन्धित संकायमा दर्ता गरी विद्यालयको सार्वाङ्गीण हितका लागि सकृय समन्वयात्मक भुमिका निर्वाह गर्ने’ तर्दथ समितीका अध्यक्ष सुनिल ओझाले बताए ।
भूतपूर्व विद्यार्थी भेला विद्यालय.व्यवस्थापनका समितीका अध्यक्ष विरेन्द्र राज विष्टको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी पूर्व विद्यार्थी तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । उक्त भेलाको जुम मार्फत सिधा प्रसारण शिक्षक जितेन्द्र श्रेष्ठले गर्नु भएको थियो । यो विद्यालय सामुदायिक विद्यालयहरुमा सुदूरपश्चिममै नमूना विद्यालयको रुपमा स्थापित रहेको छ ।








