अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा अन्तरक्रिया


दोधारा । जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुरको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर र निड्स नेपालको सहजीकरण मा ‘सबैका लागी पूर्व सुचना र पूर्व कार्य’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम संचालन गरि मनाईएको छ । कञ्चनपुर जिल्लाका प्रमुख जिज्ल्ला अधिकारी गोपाल प्रसाद अर्यालको सभापतित्व र जिल्ला समन्वय समितिका प्रमुख श्री दुर्गा दत्त बोहरा को प्रमुख आतिथ्यतामा संचालित अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रममा कञ्चनपुरका सबै स्थानिय तहका विपद फोकल पर्सनहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत क्लस्टर प्रमुखहरु, विपदको क्षेत्रमा कार्यरत संघ–संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।

कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले संचालन गरेको कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) का वातावरण तथा जलवायु परिवर्तन विज्ञ गणेश सिंह ठगुन्नाले कञ्चनपुर जिल्लामा विपद जोखिमको अवस्था, नेपालमा पुर्व चेतावनी तथा सूचना प्रणाली र पूर्व कार्य को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) र डिसीए नेपालको साँझेदारीमा विपद पूर्व सूचना र पूर्वकार्य सम्बन्धी ‘बि–रेडी’ परियोजना संचालन गरि रहेको छ् । स्थानीय तहका विपद फोकल पर्सनहरुले पालिकहरुले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा गरेका कार्यहरुका साथै झेल्दै आएका चुनौतीहरुको बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले पूर्व सूचना जनस्तरमा पुऱ्याउन आवश्यक रहेको भन्दै जिल्ला स्तरमै विपद जोखिम न्यूनीकरणका लागी बहुप्रकोपको जोखिम नक्सांकन समेत गर्नु पर्ने अपरिहार्य रहेको बताए । कञ्चनपुरका सबै पालिकाहरुको विपद जोखिम सम्बन्धी बुझाईमा एकरुपता ल्याउन र राष्ट्रीय स्तरमा बनेका नीतिहरुको स्थानीयकरणमा सहजीकरण गर्न दोश्रो कञ्चनपुर सम्मेलन पुनर्वास नगरपालिकामा गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) कार्यकारी निर्देशक अशोक जैरुले बताएका छन् । ‘आसन्न निर्वाचन सकिए लगत्तै सम्मेलन आयोजना गर्ने तरखरमा छौं’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) कार्यकारी निर्देशक अशोक जैरुले भने ।


ताजा समाचार

spot_img