दोधारा चाँदनी । वर्षाको कारण दोधारा चाँदनी नगरपालिकामा संचालित रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलामा प्रभाव पर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका–७ श्री लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालित रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलालाई वर्षाको प्रभावित बनाउदै आएको रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले जनाएका छन् । वर्षाको कारण रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलाका केही द्धश्यहरु हतारोमा गर्नु परेको उनको भनाई रहेको छ् ।


दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले केही दिन अघि बिधिवतरुपमा उद्धघाटन गरेको आदर्श रामलिला नाट्य श्रंखलामा वर्षाको कारण टेन्ट, पर्दा लगाएत भिजाएको बताईएको छ् । आदर्श रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा सघाउने बताईएको छ् । रामलिला नाट्य श्रंखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको आयोजक संस्था आदर्श रामलिला समिति दोधारा चाँदनीले बिश्वास लिएको छ् ।


रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्याउन समेत आदर्श रामलिला नाट्य श्रंखलाले सहयोग श्रंखलाका निर्देशक शुशिल राना मगरले बताए ।







