दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशमा मौसम बदली भई भारी वर्षा हुन सक्ने सम्भावना देखिएको हुदा दोधारा चाँदनी नगरपालिकाको महाकाली र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन आग्रह गरिएको छ् । भारत मौसम विज्ञान विभागले समेत सुदूरपश्चिम संग जोडिएको भारतको उत्तराखण्ड राज्यमा अत्यधिक भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सर्तकता अपनाउन थालेको छ् ।

दोधारा चाँदनी नगरपालिकाका वडा तथा टोलमा छरिरहेका बिपद् ब्यवस्थापन समिति, उद्धार टोली तथा सुरक्षाकर्मीहरु तयारी अवस्थामा रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक संजालमा तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई सजग रहन आग्रह गरेका छन् ‘बाढी पूर्वानुमान महाशाखाको अनुसार आउदो ३ दिन सम्म नदि खोलाहरुमा पानीको सतह बढने प्रबल सम्भावना रहेकोले दोधारा चाँदनी नगरपालीकाको नदिको तटिय क्षेत्रमा बसोवास गर्नुहुने नगरवासीलाई सतर्कता अपनाउनको निम्ति हार्दिक अनुरोध गर्दछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।







