कञ्चनपुर : बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी हिमसागर युवा क्लबले चुमेको छ । प्रमुख विजेतका लागि प्रतिस्पर्धी प्रगति एकता समाजलाई हराउँदै उपाधी चुमेको हो ।

कालिका मन्दिर समितिले आयोजनामा घटस्थानादेखि संचालन भएको खुला फुटबल प्रतियोगितामा हिमसागरले प्रगति एकता समाजलाई १ का बिरुद्धमा २ गोलले पराजित गर्दै बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी चुमेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलक्षक हिमसागरका दिनेश जोशी र उत्कृष्ठ खेलाडी आकश तामाङ्ग , उत्कृष्ट डिफेन्स प्रगाति एकता का दीपेन्द्र भट्ट र सर्वाधिक गोलकर्ता सिद्धार्थ युवा क्लबका शेखर ओखेडा भएका छन्। उनलाई ट्रफी प्रमाण-पत्र मेडल पुरस्कार प्रदान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका विच विजेता हिमसागर र उपविजेता प्रगति एकता समाजलाई पुरस्कार वितरण गरिएको हो।

विजेता हिमसागरलाई ५१ हजार १ सय, उपविजेता प्रगति एकता समाजलाई २५ हजार, १ सय नगदका साथै ट्रफि, प्रमाण पत्र वितरण गरिएको छ । हरेक बर्ष दशौँका बेला बेलडाँडी गाँउपालिका २ रौलेश्वरी मावि प्राङगणमा फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको पहिचान बनाएको छ ।
कालिका मन्दिर समितिका सचिव बीर बहादुर बडुवालले हरेक बर्षको निरन्तरताका साथै खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
फुटबल प्रतियोगिताका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा अपेक्षा राख्दै गाँउपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बिशिष्ठ अथिति गाँउपालिका उपप्रमुख शान्ति नाथले खेल क्षेत्रको विकास गर्नका लागि आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालको अध्यक्षमा भएको कार्यक्रममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।
बेलडाँडी गाँउपालिका २ कालिका मन्दिर छेउमै रहेको रौलेश्वर माविको प्राङगणमा रहेक बर्ष फुटबल प्रतियोगिताले बेलडाँडीमा एकातिर खेलकुद र अर्कातिर धर्म संस्कृतिले निरन्तरता पाएको छ । दर्शक र दर्शनार्थीलाई भरपुर मनोरन्जन भईरहेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]






