दोधारा चाँदनीको सिमा क्षेत्रमा भारतिय नागरिकको शव फेला


दोधारा चाँदनी । भारत संग जोडिएको दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा एक भारतिय नागरिको शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सिमा क्षेत्र नजिक उत्तर प्रदेश, भारत, पिलिभित जिल्ला थाण्डा थाना निवासी वर्ष अन्ताजी महेन्द्र सिंहको शव फेला परेको स्थानियहरुले बताएका छन् ।

शव फेला परेको खबर पाउना साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सुन्दरनगर पुगेको थियो । जगबुडा नदीको नजिक खेतमा शव फेला परेको बताईएको छ् । अत्यधिक मदिरा सेवन गरेको कारण भारतिय नागरिक महेन्द्र सिंहको मृत्यु भएको हुनसक्ने आंकलन गरिएको छ् ।

 


ताजा समाचार

spot_img