दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी तथा नेपाली काग्रेंसका नेता जगमोहन पुन (पप्पु पुन) ले बृद्धाश्रममा रहदै आएका बृद्ध बृद्धाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । पुनले बृद्ध बृद्धाहरु चामल, आटा, आलु, खाने तेल, चाउचाउ, चना, दुध लगाएत खाद्यान्न सहयोग गरेको बृद्धाश्रमका शारदा चन्दले जनाएका छन् । नेता पुनको स–परिवार भिमदत्तमा रहेको बृद्धाश्रममा पुगेर सहयोग गरेका हुन् ।


‘दोधारा चाँदनी निवासी समाजसेवी परोपकारी आदरणीय पप्पु पुनज्यूले आश्रमका बाआमाहरुलाई राशन, दाल, तेल,मसला, सोडा, चाउचाउ, तरकारी लगाएत तथा बेलुकीको मिठो भोजन खुवाउन सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै, भविष्यमा पनि सहयोग को अपेक्षा राख्दै, वहाँको सह–परिवारको उत्तरोत्तर प्रगतिको कामना सहित सदा पशुपतिनाथले रक्षा गरुन्’ बृद्धाश्रमका शारदा चन्दले सामाजिक संजालमा लेखेका छन् । खाद्यान्न सहयोग कार्यक्रममा जगमोहन पुनका स–परिवार, बृद्धाश्रमका शारदा चन्द, तथा बृद्ध बृद्धाहरुको सहभागिता रहेको थियो । खाद्यान्न सहयोग पाएपछि नेता पुनलाई बृद्ध, बृद्धाहरुलाई आशिष दिएका थिए ।







