दोधारा चाँदनीमा स्वतन्त्र समुहको अध्यक्षमा कुमाल


दोधारा । दोधारा चाँदनीमा स्वतन्त्र समुहका अध्यक्ष पदमा भिम कुमाल चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा आज बसेको स्वतन्त्र समुहको एक भेलाले स्वतन्त्र समुहको नेतृत्वको लागी सामाजसेवी भिम कुमाललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । बैठकले स्वतन्त्र समुहमा बिभिन्न पदको जिम्मेवारी समेत बाढफाँड गरेको स्वतन्त्र समुहका अध्यक्ष भिम कुमालले बताएका छन् ।

यस्तै भेलाले उपाध्यक्षमा पार्वती राना मगर, उपाध्यक्षमा भुपेन्द्र दमाई, उपाध्यक्षमा टिका बहादुर बिक, सचिवमा शान्ता क्षेत्री, सहसचिवमा बिर बहादुर सुनार, मोहन बहादुर सिंह, प्रेम खत्री, श्याम बाहादुर सुनार, मान बहादर राना, कोषाध्यक्षमा जानकी दमाई, सदस्यमा शंकर सुनार, काल्चे लुहार, मानुमति बोहरा, रिठु देवी सुनार, लाल बहादुर सार्की, मनोज औजी, बल बहादुर सुनार, प्रेम बहादुर सुनार, चम्फा देवी थापा, अनिता धामी, दिलमाया टमटा, शान्ति सुनार, जय बहादुर सुनार, करन सुनार, भिम बहादुर कामी, निलम खत्री, नन्दा गुरुङ्ग, नारायण सिंह साँउद, जानकी देवी सुनार, नर बहादुर सुनार, जंग बहादुर सुनार, खडक बहादुर टमटा, मानकुमारी सुनार, सपना राना मगर, लक्ष्मी कुमाल, लक्ष्मी थापा, ईन्द्र बहादुर सुनार, मोतिराम सुनार, टेक बहादुर सुनार, चन्द्रकला सुनार, जगदिश सुनार र सल्लाहकारमा धन बहादुर दमाई, गोपी दमाई, भक्त बहादुर सुनार चयन भएको स्वतन्त्र समुहका अध्यक्ष भिम कुमालले बताएका छन् । आसन्न प्रदेश र संघिय निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र समुहले बिभिन्न गतिबिधी गर्ने जनाएको छ् ।

भेलामा सामाजिक, आर्थिक तथा राजनीतिक विषयमा व्यापक छलफल गरिएको स्वतन्त्र समुह दोधारा चाँदनीका अध्यक्ष कुमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । ‘दोधारा चाँदनी स्वतन्त्र समुह आज बसेको विशेष बैठकले दोधारा चाँदनी स्वतन्त्र समुहलाई चुस्त गुरुस्त र तिब्र गतिमा लैजान मलाई अध्यक्ष पदमा सर्व सहमत चयन गर्नु भएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु साथै विभिन्न पदमा निर्वाचित हुनुहुने सबैलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’ स्वतन्त्र समुह दोधारा चाँदनीका अध्यक्ष कुमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।


ताजा समाचार

spot_img