कञ्चनपुर: दोदा नदीको वाढीमा फसेका कञ्चनपुरका १३ महिलाको साढे ८ घण्टा पछि उद्दार गरिएको छ । घाँस काट्नका लागि पुनर्वास नगरपालिका ५ सिमरीका रातामाताका १३ महिला खेतमा गएका थिए । रातोखाल का, ५ महिला र ८ पुरूषको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित रातोखाल नजिकै बाट उद्धार गरेका हुन्। उत्तरदेखि उर्लिएको सिङ्गैदोदा नदी नै गाँउ पसेपछि उनीहरु खेतबाट घर आउन नसक्ने अवस्थामा थिए । बिहान ९ बजेतिर काँस काटन गएका महिलाको साँझ साढे पाँच बजे मात्रै उद्दार गरिएको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्याम सिह चौधरीले सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा उद्दार गरिएको बताए ।
जनप्रतिनिधी, स्थानीय प्रहरीले समन्वय गरेर सशस्त्र प्रहरी र सेनाको गोताखोर टोलीले उद्दार गरेको बताए । समयमै उद्दारका लागि सुरक्षा निकायसंग समन्वय हुँदा महिला सहित वाढीमा फसेका अन्य स्थानीयको समेत उद्दार गरिएको छ ।
वाढीमा फसेका महिलाले बाँच्ने आसै नगरेपनि स्थानीय जनप्रतिनिधी, सुरक्षाकर्मीको प्रयासबाट बाँचिएको बताएका छन । दोदा नदी पुनर्वास नगरपालिका ५ सिमरी गाँउ पसेपछी सो क्षेत्रका सयौँ घर डुवानमा परेका छन । डुवानमा परेका घरका अन्नबाली अन्य समाग्री नष्ट भएकोछ । दिउँसै वाढी आएपछि मानविय क्षति नभएको नगरपालिकाले जनाएको छ । पुनर्वास नगरका मेयर तोया प्रशाद शर्माले वाढीपीडितको उद्दार कार्यमा खटिन आवश्यक निर्देशन एव अनुरोध गरेका
छन ।