पप्पु गुरुङ्ग, दोधारा । नागरिको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै दोधारा चाँदनी नगरपालिका कार्यालयले अबैधरुपमा संचालनमा आएका औषधी पसहरुमा कार्वाही अघि बढाए संगै नगर क्षेत्रमा रहेका झोले डाक्टरहरुको मेडिकल पसल धमाधम बन्द हुन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा अनुगमन टोलीले एक हप्ते अल्टीमेटम संगै मानव शरिरमा असर पर्ने औषधीहरु जफत गरि नष्ट गर्न थाले संगै दोधारा चाँदनी नगर क्षेत्रमा अबैधानिकरुपमा संचालन भएका औषधी पसलहरु धमाधम बन्द भएका स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको नेतृत्वमा औषधी पसल अनुगमन टोलीमा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको एक टोलीले अनुगमन थालेको हो ।

नगर क्षेत्रमा संचालित अधिकांश औषधी पसलहरुका संचालक भारतिय नागरिक रहेका छन् । धेरै जसो औषधी पसल संचालकहरु संग नेपाल सरकारको ईजाजत पत्र नभएको अनुगमनमा भेटिएको अनुगमन टोलीले बताएको छ् । औषधी पसलहरुमा प्रतिबन्धीत औषधी तथा म्याद सकिएको औषधी फेला पर्न थाले संग कार्वाही प्रकृयालाई अझै कडा गरिएको छ् । मानव स्वाथ्यमा असर पर्ने खालका औषधी बिक्रिबितरण गर्दै आएका अनुमती बेगर संचालनमा आएका झोले छाप डाक्टहरुलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले कार्वाही प्रकृया अघि बढाउन थालेको दोधारा चाँदनी नगरपालिका कार्यालयका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जनाएका छन् । ईजाजत नलिएर सञ्चालन गरेको सो मेडिकलमा अवैध औषधि, एन्टिबायोटिक्स लगाएतका औषधि नियन्त्रणमा लिएको उनले जनाएका छन् । बिगतका दिनहरुमा स्थानिय सरकारले समेत तत्परता नदेखाउदा नगर क्षेत्रमा गैर कानूनीरुपमा डाक्टरहरुको बिगबिगी बढ्दै गएको हो । अनुगमन गर्ने निकाय मौन बस्दा ग्रामीण भेगमा कानुनी मान्यता नपाएका बंगाली भनिने झोले छाप डाक्टरको संख्या दिनानु दिन बढ्दै गएको हो । नगर क्षेत्रको ग्रामीण भेगमा यस्ता डाक्टरले खुलेयाम आफ्नो क्लिनीक खोलेर बसे पनि सम्बन्धीत निकाय भने मौन बन्दै आएको थियो ।

औषधी पसल सञ्चालन तथा बिरामीको चेकजाँचको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभागबाट अनिवार्य स्विकृति लिुनपर्ने भएपनि दोधारा चाँदनी नगरपालिकामा २४ भन्दा बढि अनुमति बगेरका औषधी पसल यस्ता डाक्टरद्धारा सञ्चालनमा रहेको एक तथ्यांकले ले जनाएको छ् । त्यस्ता औषधी पसलहरुमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधीहरु बिक्रि हुने गर्दै आएका हुन् । जसका कारण स्वास्थ्य सेवा झन जटिल बन्दै गईरहेको छ् । झोले डाक्टरले ग्यारन्टीका साथ यौन रोग, हाईड्रोसील, हर्निया लगाएतका आफनो क्लिनीकमा उपचार गरिन्छ् भन्ने ब्यापक प्रचार तथा प्रसार गरेर आम जनाताको स्वास्थ्य माथी खेलवाड गरे पनि कसैले कारवाही गर्ने आँट देखाएका थिएनन् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नागरिकको स्वास्थ्यमा खेलवाड हुदै आएको बताउदै नेपाल सरकारबाट ईजाजत बिना संचालनमा आएका औषधी पसलहरुलाई कडारुपमा कार्वाहीको लागी नगरपालिका कार्यालय प्रकृया अघि बढाएको बताएका छन् ।






