दोधारा चाँदनीमा वतृत्वकला प्रतियोगिता : शारदा सरस्वती माबि प्रथम


दोधारा । बाल दिवसको अवसरमा दोधारा चाँदनीमा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ् । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ नारा सहित दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा ५८ औं राष्ट्रिय बालदिवसको अवसर पारेर माबि स्तरिय बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ् । बतृत्वकला प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत गरि ८ वटा माध्यमिक तहका बिद्यालयहरुको एक छात्र र एक छात्राको सहभागिता रहेको थियो ।

शारदा सरस्वती माध्यमिक बिद्यालयका कक्षा १२ का छात्रा राधिका भट्ट प्रथम भएका छन् भने, शंकर माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा १० का छात्रा संगिता चन्द द्धितिय, शंकर पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ का छात्र शेखर भट्ट प्रतियोगितामा तृतिय भएका छन् । यस्तै अम्बिका माध्यमिक बिद्यालयका कक्षा १२ का छात्रा माया ओलीले प्रतियोगिताको शान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. ३ हजार, द्धितिय हुनेलाई रु. २ हजार, तृतिय हुने बिद्यार्थीलाई रु. १ हजार र शान्त्वना हुनेलाई रु. ५ सय नगद रकम तथा प्रमाण पत्र प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा बालबालिका शाखाले जनाएको छ् ।

प्रतियोगिताको उद्धघाटन दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले गरेका थिए भने कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देब भट्ट, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखक, शिक्षक, बिद्यार्थी तथा संघ–संस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img