दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चँंदनीले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० प्रतिभाटोल महिला समुहका सदस्य बाल देबी खडकाको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १२ लाख ५५ हजार पचास रुपैया हस्तान्तरण गरिएको छ् । आज एक कार्यक्रमका बिच दोधारा चाँदनी नगरपालिकाका उपप्रमूख गंगा देबी जोशी मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउदै आएको बताएका छन् । यसै गरी दलित, मुक्तकमैया, बादी, हलिया, द्घन्द पिडित, एकल महिला, अपांग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याज दरमा थप १ प्रतिशत सहुलियत रहेको बताए । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा समेत उपलब्ध गराउदै आएको जानकारी दिएका छन् ।


प्रबन्धक चौधरीले संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिनाधितो र बयष्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागी, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरुलाई आर्थिक अनुदान/राहत, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोरा, छोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान/राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान/राहात र ऋणी सदस्यतथा संरक्षक (पति) को मृत्यु हुदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउदै आएको छ । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट पारेका थिए । बैंक वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनुपर्ने, अन्य फजुल खर्च गर्ननहुने र उत्पादनमुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जिवनस्तर उकास्नु सकनिे बताए ।


त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए । दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा देबी जोशीले अप्ठारोमा परेका जनतालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक तथा सामाजिक क्षेत्रमा ठुलो सहयोग पुगेको बताएका छन् । उपप्रमुख जोशीले महिला शसक्तिकरण र ग्रामिण क्षेत्रका लक्षित वर्ग सम्म प्रभावकारीरुपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी बिपन्नलाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुर्याएको भन्दै धन्यवाद ब्यक्त गरेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा सदस्य धनबहादुर थापा र महाबीर रोकाया, समुह सदस्य तथा स्थानीयहरुको उपस्थिति रहेको हस्तान्तरण कार्यक्रमको सहजीकरण संस्थाका लेखापाल दुखीराम बुढाथोकी, शाखाका कर्मचारी तोय नाथ पन्त तथा दिब्यश्वर अवस्थीले गरेका थियो ।







