दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयले औषधी पसलहरुको अनुगमन सुरु गरे संगै पसलहरुमा म्याद सकिएका औषधी फेला पार्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालनमा रहेका औषधी पसलहरुमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा गरिएको अनुगमनको क्रममा आज दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा रहेको सुरज हेल्थ केयर र वडा नं. ३ मा रहेको किसन बिश्वासको औषधी पसलमा म्याद सकिएको र प्रतिबन्धीत औषधी फेला परेको छ् । दुबै औषधी पसलका संचालक भारतिय नागरिक हुन् । म्याद सकिएको औषधी र प्रतिबन्धीत औषधीलाई अनुगमन टोलीले नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालन भएका औषधी पसलका संचालकहरुलाई एक साता भित्र पसल संचालनको लागी ईजाजत पत्र नभए कार्वाही प्रकृया अघि बढाईने रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।


स्थानियहरुको गुनासो आए संग हिजोबाट दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेको औषधी पसलहरुमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी, ईलाका प्रहरी कार्यालय कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाँण्डे लगाएत अनुगमन टोलीले अनुगमन थालेका छ् । एक साता भित्र औषधी पसल संचालनको लागी नेपाल सरकारको ईजाजत पत्र नभए कार्वाही अघि बढाईने बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले औषधी पसलहरुमा अनुगमन थाले संग केही अबैधरुपमा संचालन गर्दै आएका औषधी पसलहरु बन्द गरि भागेका स्थानियहरुले बताएका छन् । भारतिय नागरिकद्धारा संचालन गरिएको निजी मेडिकल क्लिनिकका संचालकले नागरिकको स्वास्थ्य सुधार भन्दा पनि खेलवाड तर्फ ध्यान केन्द्रित गरेको देखिएको छ् ।


दोधारा चाँदनी नगरपालिकामा झण्डै २४ वटा भन्दा बढी औषधी पसलहरु रहेको बताईएको छ् । ग्रामीण भेगमा कानुनी मान्यता नपाएका बंगाली (भारतिय नागरिक) भनिने झोले छाप डाक्टरको कारण स्थानिय नागरिकको स्वास्थ्यमा नराम्रो असर पर्दै आएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ् । औषधी पसल सञ्चालन तथा बिरामीको चेकजाँचको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभाग बाट अनिवार्य स्विकृति लिुनपर्ने भएको कारण दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेका केही औषधी पसलहरु अनुमति बगेरका औषधी पसल संचालनमा रहेको हुदा नागरिकको स्वास्थ्यमा खेलवाड हुन नदिन अनुमती बगेर संचालन भएका औषधी पसलहरुलाई बन्द गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यो कदम चालेका छन् । मेयर लिम्बुको यो कदमलाई स्थानियहरुले प्रशंसा गरेका छन् ।








