दोधारा । दोधारा चाँदनी नगरपालिकामा संचालनमा रहेको निजी औषधी पसलहरुको अनुगमन सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका भारतिय तथा नेपालीहद्धारा संचालनमा रहेका औषधी पसलहरुमा आज देखी अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नेपाल सरकारको अनुमती बिना संचालन भएका औषधी पसललाई कार्वाही गरिने तयारी भईरहेको दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश मिश्रले जनाएका छन् । अनुमती कागजात नभएका औषधी पसलहरुलाई कार्वाही गरिने योजना रहेको अधिकृत मिश्रले बताएका छन् । अनुमती पत्र बिना औषधी पसल संचालन गर्नेलाई कार्वाही गर्ने तयारी दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत मिश्रले बतएका छन् । स्थानीय तहमा आएको अधिकार प्रयोग गर्दै आज साबिकको दोधारा गाबिसको क्षेत्रमा रहेका औषधी पसलहरुको अनुगमन गरिएको छ् । औषधीको प्रकृति, सरकारी निकायमा दर्ता भए नभएको, कर तथा राजस्व चुक्ता गरे, नगरेको अनुगमनको क्रममा हेरिएको छ् । औषधी ऐन २०३५ अनुसार फारमेसी पढेकाले मात्र औषधी पसल चलाउन पाउने अधिकार छ् । अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश मिश्र, स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थी, ईलाका प्रहरी कार्यालय कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाँण्डे लगाएतको उपस्थिती रहेको थियो ।







