सडकहरुको सरसफाई अभियानमा वडाध्यक्ष खत्री


दोधारा । दोधारा चाँदनीमा वडालाई सफा सुग्घर बनाउन एक वडाध्यक्ष कस्सीएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्री आफ्नो वडालाई सफ सुग्घर बनाउन सरसफाई अभियानलाई अघि बढाएका छन् । स्थानियबासी, जनप्रतिनिधी, सुरक्षाकर्मीहरुलाई साथ लिएर वडाध्यक्ष आफ्नो वडामा साप्ताहिकरुपमा सरसफाई अभियानमा लागेका छन् । आज बिहान स्थानियबासी, सुरक्षाकर्मी, जनप्रतिनिधी सहित टोलीले माननिय चौराह देखि ईन्द्रा मध्यवर्ती सामुदायिक बन सम्मको झण्डै एक किलामिटर सडक छेउमा रहेका झाँडी तथा फोहर सफा गरेका छन् । वडाध्यक्ष खत्रीको अगुवाईमा झण्डै एक किलोमिटर सडक छेउमा रहेको झाँडी तथा फोहर सफा गर्ने कार्य गरेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ्।

बिना बजेटमा स्फुर्तरुपमा वडाध्यक्षको पहलमा स्थानिय, सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुले सरसफाई कार्य गर्दै आएका छन् । एक साता दोधारा चाँदनीको मुल सडक खण्डमा समेत सरसफाई अभियान सुरु गरेको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । ‘हामी सप्ताहब्यापी सरसफाई अभियानमा छौं’ वडाध्यक्ष खत्रीले भने– ‘वडामा रहेका सम्पुर्ण सडकहरुको सरसफाई गर्ने योजना गरेका छौ ।’ सडकमा उम्रेका झाँडी तथा फोहरका कारण सडक दुर्घटना हुने तथा डेंगु तथा मलेरिया जस्ता रोग लाग्ने भएको हुदा सरसफाई अभियानलाई अघि बढाएको बताएका छन् ।

स्थानियहरु पनि वडाध्यक्षले थालेको सरसफाई कार्यमा स्फुर्तरुपमा सघाएका छन् । वडाको सप्ताहिक सरसफाई अभियानमा वडाका जनप्रतिनिधी सहति ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई महेन्द्र सिंह थापाको टोली, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक प्रबिन फुर्‍यालको टोली तथा स्थानियहरुले सघाउदै आएको बताईएको छ् ।

‘हरेक साताको एक दिन सरसफाई कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, स्थानीयबासीको र सुरक्षाकर्मी साथीहरुको सक्रियतामा बाटो टोल छिमेक र सार्वजनिक स्थानहरुमा सरसफाईमा कार्यक्रममा भईरहेको छ् र यसो गर्दा वातावरण सफा र चिटिक्क देखिने भएकाले र विषेशत : वडामा दुर्घटना हुने र डेंगु जस्ता रोग देखा पर्न थालेका हुनाले सरसफाई कार्यक्रमले केही हद निन्युनिकरण गर्ने छ् भने आशा गरेका छौ । सुरक्षाकर्मी, जनप्रतिनिधी तथा स्थानियवासी संगै हातेमालो गरि सडक वातावरण सरसफाई अभियान कार्यक्रम जारी रहने छ् भन्ने जानकारी गराउन चाहान्छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले बताए ।


ताजा समाचार

spot_img