मोटरसाइकललाई ट्रकले ठक्कर दिदा काठमाडौंमा पुनर्वासका युवकको ज्यान गयो

कञ्चनपुर : ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटनामा परि कञ्चनपुरका युवकको काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका–२ अरनिकोबस्ती बस्ने २८ वर्षीय बल बहादुर तामाङ नामले परिचित सुगम तामाङ रहेका छन्। पुनर्वास देखी काठमाडौं आफन्त कहाँ भनी मोटरसाइकलमा घरबाट निस्केका तामाङ शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा दुर्घटना भएको थियो।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा ना ४ ख १०६२ नम्बरको ट्रकले उनी सवार सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना मा परी अचेत अवस्थामा रहेका तामाङलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो। मेडिकल पुग्दा मेडिकल टिमले तामाङलाई मृत घोषित गरेका थिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक तामाङको घरमा आमा बुवा श्रीमती एक छोरी र एक छोरा रहेका छन्।

ताजा समाचार