कञ्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको लक्ष्मी मा बि उल्टाखाम बागफाटाले ५६ औं अन्तर्राष्ट्रिय शिक्षा दिवस कार्यक्रम गरी मनाएको छ।

आज बिहान विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागीमा प्रभातफेरी कार्यक्रम र तत्पश्चात सांस्कृतिक कार्यक्रम गरेकाे प्रधानाध्यापक प्रमानन्द नाथले बताए । प्रभातफेरी पश्चात विधार्थी हरुले सास्कृतिक कार्यक्रम गरी नाच गान र देउडा खेल खेलेको प्रधानाध्यापक नाथले बताए।







