अमित प्रसाद भट्ट
भीमदत्त न.पा. ७ हल्दुखाल, राममन्दिर टोल, कञ्चनपुर
कार्यसमिति सदस्य : महाकाली साहित्य संगम तथा गुगुल्डि वाङ्मय प्रतिष्ठान
मो.न : ९८४८७४४५३५

हरेक समयले नयां परिवर्तन समेटेको हुन्छ । जिज्ञासु मनले नव परिवर्तनलाई आत्मसात गर्न खोज्दछ । पेशागत जीवनको प्रगतीलाई केन्द्र्रमा राखी २०७९।५।८ गते दिनको ११ः३० बजेको बसमा कैलालीको धनगढी स्थीत शहिद गेटको अली अगाडीबाट पुर्व चल्ने गाडीमा १ नं. प्रदेशको केन्द्र विराटनगर तर्फ प्रस्थान गर्यौ ,साथमा जोशीला तथा समकक्षी मित्र भोज समेत । विभिन्न ठाउंबाट यात्रु चढ्दै गर्दा गाडीले केलाली जिल्लाको गोदावरी,गौरीगंगा,घोडाघोडी,बौनीया तथा लम्की चुहा एवं बर्दियाको ठाकुरबाबा,बारबर्दिया,बांसगढी तथा बांके जिल्लाको बैजनाथ पछिको राजमार्गको दोश्रो पालिका कोहलपुर चप्परगौडीमा खाजा खाइसकेपछि राप्ती सोनारी पालिका पार गरी सके पछि ५ नं. प्रदेशको प्रस्तावित राजधानीको जिल्ला सुरु भयो । लमही न.पाको राजमार्ग चोकबाट रोल्पा,रुकुम तथा सल्यान जाने बाटो छुट्टीने तथा राप्ती गा.पा.को भालुवांगबाट स्वर्गदारी जाने बाटो छुट्टीने रहेछ । बसको मिहिन सिसाबाट यि विषय स्थानहरुको प्रत्यक्षानुभव भइरहेको थियो । राप्ती पछि गढवा गा.पा. अन्तर्गत लाालमटियामा रहेको सानो बजार समेत अवलोकन गरी तर्राइको जिल्लको पहाडको समेत अनुभव लिई हामी कपिलवस्तु जिल्लाको शिवराज न.पा. १ दोवाटा हुदै अगाडी बढीरहेका थियौं ।

विभिन्न प्रासंगिक गीत समेतले बसभित्र बेग्लै आनन्द प्रदान गरीरहेका थियो । रात्रीकालिन प्रहरहरुसमेत आफ्नै गतीमा अगाडी बढीरहेका थिए । कपिलमुनीको नामबाट प्रख्यात यस जिल्लाका राजमार्ग छेउका विभिन्न पालिका हानिने क्रममा हामी बुद्दभुमी,वाणगंगा हुदै रुपन्देहीको प्रख्यात बुटबल उपमनपा पुग्यौं,जहांबाट गुल्मी,पाल्पा,स्या»जाका लागि बाटो छुट्टीदो रहेछ ।रुपन्देहीको देवदह न.पा पार गरीसकेपछी हामी नवलपरासीको विनयी त्रिवेणी,मध्यविन्दु,कावासोती पालिका हुदै महेन्द्रनगर राजमार्ग पछ्याइ रहदा चितवन जिल्ला बाग्मती प्रदेश प्रवेश गर्यौ । भरतपुर म.न.पा,खैरहनी न.पा. संगै मकवानपुरको हेटौडा एवं बाराको पथलैया पछी रौतहटको चन्द्रनिगाहपुर(चपुर) पुगी सक्दा ९ गते बिहानको ७ बजी सकेको थियो । त्यहा नित्यकर्म पश्चात हामी प्रदेश नं. २ का जिल्लामा हुत्तीदै अगाडी बढ्यौं । रौतहट पछी सर्लाहीमा रहेको बाग्मती सिचाई आयोजनाको बसबाटै अवलोकन गर्यौ ,बडो आकर्षक थियो । सो पछि विभिन्न पालिका हुदै महोत्तरीको बर्दिबास पुग्यौं । बर्दिबासबाट सिन्धुलीको खुर्कोट हुदै काठमाण्डौं आउने बाटोमा हाइसहरु प्रशस्तै देखिन्थे । सो पश्चात धनुषा जिल्ला हुदै सिराहाको लहान भएर सप्तरी पुग्यौं । कञ्चनरुप न.पा. मा दिउसोको खाजा पश्चात अगाडी बढ्यौ,हनुमाननगर कंकालिनी न.पा. हुदै अगाडी बढीरहदा भारदह,भन्टाबारी लगायतका विभिन्न स्थलहरु देखिन्थे । मधेश प्रदेशका जिल्लाहरुमा खासै कुनै विकास देख्न सकिएन ।सप्तरीको बरमझीयामा बाजेको पेठा नामका थुप्रै पेठा पसल देखिन्थे । बाटाभरी बैंकका होर्डिंग बोर्ड प्रयाप्त देखिन्थे । सो पश्चात ५६ ढोका भएको कोशी नदी पुग्यौं ।

अथाह पानी रहेछ,कोशीमा । बिहारको मात्र नभइ नेपालको समेत दुःख रहेछ ,कोशी । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको फोटो अंकीत ®कबेटी बचाउ,बेटी पढाउ®का थुप्रै ब्यानर रोडमा देखीन्थे । पुलमा कोशी बराज कन्र्टोल लेखेको भारतीय अधिकारीको अफीस देखियो । अगाडी बढीरहदा सुनसरीको कोशी गा.पा. पुग्यौं । सुनसरीको अधिकांश र सप्तरीको केही भाग कोशीको दलदलले काम नलाग्ने भएको रहेछ । जलकुम्भी र कमल मात्रै देखिन्थे । कोशी नदी आस(पासको छेउ कोशी कटानका नामले प्रख्यात थियो । तत्पश्चात हामी भोक्राहा नरसिंह गा.पा पुग्यौं ,। सनपाट प्रायः देखिन्थे ,यहां । रामधुनी न.पा.को झुम्का क्षेत्र प्रख्यात रहेछ । सशस्त्र प्रहरीको बराह बाहीनी पकली समेत यतै रहेछ । सो पछि इनरुवा हुदै इटहरी उमनपामा गाडीबाट झर्यो र नेपालगञ्ज बाट विराटनगरका लागि छुटेको गाडीमा बसी दुहवी न.पा.को कार्यालयमा उत्रीयौ । इटहरी पश्चिमको अत्तरीया जस्तै जंकसन रहेछ । साविक कोशी र मेची अञ्चल लगायत विभिन्न जिल्ला जाने चौराहा । दुहवी न.पा मा २०७५ सालमा विद्यालय निरीक्षकमा १ नं. मा सिफारिस हुन सफल विकास घिमिरे,दुहवी शिक्षा उपसचिव निलमणि खनाल,प्रा.स. दिपक चन्दलाई भेटी नास्ता समेत गरी मेजीकमा बसी विराटनगरका लागि हानियौं । करिब ३ बजे १.नं. प्रदेशको राजधानी विराटनगर पुग्यो । विराटनगर म.न.पा पुग्नु पुर्व बुढीगंगा गा.पा. समेत पर्दो रहेछ बाटामा ।
संघीय राजधानीलाई चुनौती दिने विराटनगर शहर स्थित चेम्बर । एयरपोर्ट रोड, स्थित होटल मेंगो र्टीमा २ दिनका लागि बस्ने निधो गर्यौ । पहिलेनै त्यहां पुगेका मिन खड्का सरले बस्दै गरेको कोठामा बस्यौ । धर्मदेवी न.पा. संखुवासभाका प्रा.स. पदम बस्नेत सर संग समेत परिचय भयो। रिफ्रेस पश्चात एयरपोर्ट सम्म हिनेरै अवलोकनका लागि गइयो ।गोर्खाका राजु धिताल (होटल व्यवस्थापक) खुब मिजासिल थिए । छैटोको सपना बोकी आएका सिन्धुलीको कमलामाइ न.पाका जानुका खातीसंग समेत भेट भयो । कोठामा एसी चलाए पश्चात अत्यन्त चिसो हुने ,गर्मी मैनामा तराइको जिल्लामा यती चिसो,विभिन्न तर्क वितर्क यस विषयमा भए । शैक्षिक अनी समसामयिक विभिन्न विषयमा गफ पछि २०७९ भाद्रको १० गते सुरु भयो । दिउसो २ बजे म गोग्राह मा.वि. बरगाछी क केन्द्र्र,भोज सर इडेन स्कुल आयल निगम पुर्व र मिन सर कोशी क्याम्पसका लागि निस्क्यों । सो पश्चात बेलुकातिर हामी विराटनगरको भाटभटेनी चोक हुदै रानी भन्सार तथा बिहारको जोगवनी नाका हेर्न गयौ । थुपै्र मानिसहरुको भिड,सामान्य दिनमा समेत, । बोर्डर छेउबाटै भारतले रेलसेवा सुरु गरेको रहेछ । ड्राइ पोर्ट लेखेको बोर्ड समेत देख्यौं । प्रदेश सरकारका विभिन्न अफिसहरु समेत देखिए । २०७९ भाद्र ११ गते पुन केन्द्र पुगी त्यहांबाट विराटनगर मनपा कार्यालय,गोश्वारा रोड लगायत जैन मन्दिर हेरीयो ।
अचानक केही समयका लागि भारी वर्ष समेत भयो । सोही दिन हामीले बेलुका जानकी मन्दिर जाने सोच समेत बनाइरहदा राती ढल्केवर बस्नु पर्ने बाध्यताका कारण योजना सफल हुन सकेन र हामी दा»को गाडीमा बसी लमही बसपार्कमा २०७९।५।१२ दिउसो ३ बजे पुग्यौ । गाडीले डाइरेक्ट धनगढी मेल गर्ने भने पनि किस्ताबन्दीमा आउनु पर्ने अवस्था आयो । लमहीबाट कोहलपुर हाइसमा आयौ । पुर्वबाट गाडीमा आउदाका ज्ञानु गिरी समेत खुब गफाडी थिए । कोहलपुरबाट महेन्द्रनगर आउने हाइस समेत समयमै भेटिए पछि अगाडी बढ्यौ । प्रकाश न्यौपाने बि.डि.यस सर्जनका आमासंग समेत समसामयिक विषयमा चर्चा भयो,गाडीमा भेटिएका यात्री । टिकाराम थारु समेत रमाइला थिए । चिसापानीमा खाजा पश्चात रातिको ११ः३० बजेतिर धनगढी शहिद गेट पुगियो । बाटोमा असाध्यै बाक्लो पानी परिरहेको थियो । महेश काका गेट छेउमै लिनका लागि कुर्नु भएको थियो,बाइकमा दुवै जना घर पुगे पछि नुधाइ धुवाइ र खाना पश्चात यात्रा स्मरण चर्चा गर्र्द निन्द्रामा विलाप भयौं ।
२०७९ ।३। २५ देखि ३० भारत भ्रमणका स्मरणहरु
भारत उत्तराखण्ड राज्यको हरिद्धार तथा देहरादुन जाने कार्यक्रम मौसमी प्रतिकुलताका कारण परिवर्तन भए पश्चात उत्तर प्रदेशको आग्रामा पर्ने ताजमहल समेत मनोहक रहेको र त्यहा जाने मोटामोटी कुरा भयो । आग्रा गइरहदा मथुरा वृन्दावन समेत नजिकै रहेको र दिल्ली समेत नजिकै पर्ने र त्यहां समेत जाने विषयमा सहमती पश्चात ४ सदस्यीय टोली २०७९।३।२५ बेलुका महेन्द्रनगरबाट भा.रु बनाइ दिल्लीका लागि प्रस्थान गर्यौ । नेपाल भारतको सात नं. पिल्लरमा सामुहिक फोटो खिची फेसबुकबाट सर्व जाहेरी पश्चात हामी चेक पोस्ट हुदै अगाडी बढ्यौ । बनबासा पुलमा रमाइलोको भिडियो बनाइ अगाडी बढे संगै अटो समाइ बस स्टेण्ड पुग्यौं,नास्ता खाए पछि बसमा बस्यौं दिल्लीका लागि ,एक जना बेंगलोर जाने व्यक्ति समेत बसमा भेटिए । नानकमत्ता भन्दा अल्लि अगाडी राती साढे आठ बने खाना पश्चात अगाडी बढ्यौं । इन्डिया कहिल्यै नसुत्दो रहेछ ,रातभरी ग्ँँडी चलेका चल्यै । २ बजे तिर चिया खाएसंगै फेरी गाडी अगाडी बढ्यो ,रामपुर ,विसलपुर लगायतका ठाउं यतै पर्दा रहेछन । करीब ३ बजे भारतको संघीय राजधानीमा गाडीले हामीलाई उतार्यो । कहिल्यै नगएको ठाउं,एकदमै चमकयुतm लागिरहेको थियो । ओभरब्रिजबाट रात्रीकालीन दिल्लीका दृश्यहरु हेर्यौ ।
करीब ६ बजे आनन्द विहार मेर्टो स्टेश्न बाट अक्षर धामका लागि रमाना भयौ, २०७९।३।२६ मा । बिचमा अर्को रुटको मेर्टो बदल्नु पर्दो रहेछ । मेर्टो स्टेश्नमा चढ्दा र उत्रिदा कडा सुरक्षा निगरानी हुदो रहेछ । अक्षरधाम मन्दिर त १० बजे मात्रै खुल्दो रहेछ । त्यहांबाट पुनः मेर्टोमा बसी इन्डीया गेट तर्फ प्रस्थान गर्यों । फोटोमा देखिने गेट र राष्टपति भवनसंग प्रत्यक्ष साक्षात्कार भयो । त्यहां फोटो खिच्यौं । कडा सुरक्षाका कारण छेउमै जान नमिल्दो रहेछ । दायांतिरको राष्टपति भवनलाई समेत बामहिरबाटै हेर्यौ । वाणिज्य भवन,हैदरावाद हाउस लगायतको अवलोकन पश्चात लालकिल्ला तर्फ जान अटोमा हानियौं । दिल्ली पुलिसको मुख्यालय समेत बडो भारी रहेछ । किल्ला प्रस्थान बाटोमा ७० रुपया भा रुका हिसाबले प्रतिव्यक्ति खाना खायौं । होटलवाला भन्दै थिए ,यै दिलवालौकी दिल्ली हैं । बडो थकान समेत भइरहेको थियो । गाडीको रात्री यात्रा र अनिन्द्राको परिणाम । लाल किल्लामा इन्र्टी पुर्व बढो कडा सुरक्षका बिच चेकजांच गराइ अगाडी बढ्यौं । प्रस्तरै प्रस्तरैले सजिएको किल्ला हेर्दा मात्रै थकान लाग्ने थियो,त्यति ठुलो । प्राचिन राजाको दरबारका रुपमा त्यो किल्ला रहेको रहेछ । भित्र सिनेमा,संग्राहलय लगायत विभिन्न सांस्कृतिक सामग्री बेच्ने पसल थिए । हामीले एउटा ”हेट“ किन्यौं गर्मी छेक्न,पछि त्यो हेटले फोटोमा समेत सौन्दयर्ता थप्दै थियो । लाल किल्ला बाहिरको इलाका काठमाण्डौंको रत्नपार्क जस्तै रहेछ । त्यहांबाट हामीले दिल्लीका स्पोट घुमाउने गाडी समाइ महात्मा गान्धी समाधी स्थल राजघाट पुग्यों । फोटो खिच्यौं,चौधरी चरण सिंहको समाधी स्थल समेत हेरी इन्डिया गेट,संसद भवन ,पिएम निवास लगायतका स्थल हेरी इन्दिरा गान्धी म्युजियम पुग्यौं । प्रथम भारतीय महिला प्र.म.का. विविध पक्ष संग्रहालयमा संरक्षित थिए ।
सो पश्चात हामी कुतम मिनारमा लागि अगाडी बढ्यौं ,बाटामा एम्स हस्पीटल लगायत हेरी अग्लो मिनारलाई बाहिर बाटै हेरी नाःन रोटी खाइ बस स्टेण्डमा आराम गर्यौ । ईदको दिन भएकाले खुट्टा बढाउन सम्म मुस्किल पर्ने भिड थियो । त्यहांबाट हामी लोटस टेम्पल तर्फ आयौं । ओखला स्टेश्नमा बसबाट झरे संगै ३।२६ को यात्रा सकियो र बास बस्न द्धारका सेक्टर २१ तर्फ गर्यौ । गुरुग्रम(गुडगांव),इन्दिरा गान्धी एयरपोर्ट हुदै हामी अपाटमेन्ट पुग्यौ र ज्योती परिवारको सुखद स्वागतबाट अत्यन्त प्रभावित भइयो । रात्री समयमा त्यहाकाें स्थानीय बजार समेत हेरियो । तत्ठाउंबाट हरीयाणाका घरहरुसमेत मज्जैले देखिन्थे । दोर्सो दिन ३।२७ मा बिहानै हामी २ वटा गाडी बदली गरी मेर्टो स्टेश्न पुग्यौं र सुप्रीम कोर्ट स्टेश्न उत्रीयौं । त्यहांबाट अटो समातेर सिधै केन्द्रीय प्राणी उद्यान पुग्यौं , इ टिकट बाट मात्र प्रवेश हुने व्यवस्थाका कारण भित्र प्रवेश हुन नसकेपनि बाहिरबाटै फोटो खिच्यौं र बंगलासाहेवका लागि प्रस्थान गर्यौ । सुनको जलपले छाइएको गुरुद्धारामा बाहिरी गेटमा फोटो खिची अगाडी बढ्यौ र भित्र पुग्ने बित्तिकै चिसो पानी खान पाउयदा अत्यन्त सन्तुष्टी मिल्यो । तत्पश्चात केही समय सत्संग सुनी,अडिटोरियममा भिडियो हेरी,खाना खाइ सराय काले खां बस अड्डाका लागि निस्क्यौं,मथुरा जानका निम्ति । बस अड्डा पुग्ने बित्तिकै २००। मा वृन्दावन पुर्याउने ए सी बस भेटियो ,सो मा बसी नोयडा सिटी संगै यमुना एक्सप्रेस हाइवेबाट दाउजी जाने ठाउंमा उत्रीयौं । पुरानी गोकुल महावन ८४ खम्बाको दर्शन पश्चात हामीले रमणरेती मन्दिरको दर्शन एवं जनावरको अवलोकन पछि अटोमा प्रेम मन्दिरका लागि प्रस्थान गर्यौ । करीब पौने घण्टाको दुरी रहेछ,बिचमा यमुना नदी समेत पर्दो रहेछ । करीब ७ः४५ तिर हामी प्रेम मन्दिर पुग्यौं । चकमन्न लाइटि» सहित सजिएको विशाल मन्दिर अत्यन्त मोहक थियो ,फेसबुकमा लाइभ भिडियो समेत प्रसारण गर्यौ ।
सार्है मोहक स्थल रहेछ,रात्रीमा झन चमक आउदो रहेछ । गुरु पुर्णिमा समेतको दिन भएकाले दशनार्थीको अत्यन्त भिड थियो ,बस्नका लागि धर्मशाला समेत नपाइने अवस्था । रात्रीको करीब ११ बजे मध्यप्रदेश निवासी एक जना भक्तको धर्मशाला पूग्यौं,खाना खाइसक्दा १२ बजी सकेको थियो । दोश्रो दिन बिहानै बांके विहारी मन्दिर, राधा वल्लभ मन्दिर , निधीवन लगायतको अवलोकन पछि इस्कोन मन्दिर दर्शन पछि गोवर्धन गयौं । गुरु पुर्णिमा अवसरमा आयोजित पदयात्रामा १० कि.मी जति पैदल यात्रा गयौं ,बाटामा खाना,पानीका विभिन्न परिकार सहितका निःशूल्क धर्मशालामा सेवा गर्न मानिसहरु उद्यत थिए । घरका लागि आवश्यक प्रसादी किनी हामी आग्राका लागि मेन हाइवे तर्फ प्रस्थान गर्यौ । गुरु पुर्णिमा अवसरमा भक्तजन उतार्न परिवहन निगमका सबै गाडी खटिएका थिए । त्यहांबाट हामीले आग्राका लागि जिब समायौं र रातिको करीब ९ बजे भगवान टाकीज आग्रा पुगियो । अटो चढी हामी बेंगल लजमा रात्रीको २०००। कीराया सहितको एसी कोठामा बास बसी बिहान ताजमहल हेर्न ७ः३० मा निस्क्यौं । केराबाट बनेका साडी लगायतका सामग्रीको पसल हेरी ताज महल भित्र अत्यन्त कडा चेक जांच पछि प्रवेश गर्यौ । वास्तवमै हेर्न लायक रहेछ ताजमहल, बढो आलिसान । छेउमै रहेछ नदी । संग्राहलय समेत हेरी आग्राको प्रसिद्ध पेडा किनी बस स्टेण्ड पुग्यौं ,खाना पछि बरेलीका लागि ए.सी बसमा बसी फिरोजावाद,एटा,कासगंज,बदायु हुदै राती ९ बजे बरेली पुग्यौं ,चकमन्न बरेलीमा केही लुगाफाटां किनी सेटेलाइट बस अड्डा आयौं र खाना खाइ बनबसा,टनकपुर आउने बसको प्रतिक्षा १२ः३० सम्म गर्यौ । २,ढाइ घण्टा बसपार्क वरपरको रमाइलो हेर्दै ,मोबाइल चलाउदै,चिया खादै बितायौं र जिबमा बसी ३ः३० बजेतिर बनबासा पुग्यौं ,एक छिन मन्दिर छेउ आराम गरी आराम गरी चिया खाइ पुलका लागि अटोमा बस्यौं,शारदा इन्टरकलेज छेउको गेट ६ बजे मात्र खुल्ने हुदा त्यहांबाट हिडेर पुल हुदै ७ नंं. पिल्लर पुग्यौं र चन्द्रदाईको अटोमा ४ जना यात्रा स्मरण गर्दै २०७९।३।३० बिहान ७ बजे सकुशल घर पुग्यौं । समग्रमा यात्रा फलदायी र रमणीय एवं स्मरणीय रह्यो । भ्रमण ज्ञानको एक व्यवहारीक श्रोत रहेछ भन्ने कुराको भान भयो ।
भ्रमण टोलीका सदस्य :
१. अमित प्र. भट्ट
२. राजन भट्ट
३. पंकज राज जोशी
४. मुकेश प्र. पाण्डे
