जंगली हात्तीको पिडा : कक्षामा निदाउछन् गणेश आधारभुत बिद्यालयका बिद्यार्थी


पप्पु गुरुङ्ग, दोधारा । गणेश आधारधुत बिद्यालयका बिद्यार्थी कक्षामा निदाउने गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीको पारिको बडुवाल टोल बस्तीमा रहेको गणेश आधारभुत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु शिक्षकहरुले पढाउदा पढाउदै कक्षा कोठामा निदाउने गरेको बिद्यालय प्रशासनले जनाएको छ् । बडुवाल टोलमा हात्तीको आतंकको कारण रातभरी घरमा बालबालिका सुत्न नपाएको कारण बिद्यालयमा शिक्षक, शिक्षिकाहरुले पढाउदै गरेको बेला कक्षा कोठामा निदाउने गरेको शिक्षकहरुले बताएका छन् । झण्डै ३ साता देखि बडुवाल टोलमा भारत संग बस्ती भित्रिएको जंगली हात्तीको आतंकले स्थानियहरु रातभरी जाग्रम बस्दै आएका छन् । हात्तीले स्थानियहरुको खेतवाली पुर्णरुपमा नष्ट गर्दै आएको छ् । स्थानियहरुले लगाएको धान तथा मकै खेती जंगली हात्तीले खाएर तथा उधनेर नष्ट गर्न थालेपछि स्थानियहरुमा खाद्यान्नको चिन्ताले सताएको छ् । घर नजिक रातीको समयमा अझङ्गको हात्ती आउदा स्थानियहरुमा भागदड चल्ने गरेको स्थानियबासी बल बहादुर सुनारले बताएका छन् ।

‘रातीको समयमा खेती पाती जोगाउनु भन्दा ज्यान कसरी बचाउनु भन्ने चिन्ता बढी हुन्छ्’ स्थानिय बल बहादुर सुनारले भने– ‘मोवाईलको सहारामा ज्यान बचाउन भाग्नु पर्ने हुन्छ् । रातभरी आफ्नो नानीहरुलाई बचाउनै चिन्ता बढी हुन्छ् ।’ रातभरी हातीको आतंकको कारण बिद्यालयमा बिद्यार्थिको पठन पाठन समेत प्रभावित बन्दै गएको गणेश आधारभुत बिद्यालयका शिक्षकहरु बताउछन् । बिद्यालयमा अध्यनरत १ सय ५० जना बिद्याथीर् नियमित आउने बिगतका दिनहरुमा जंगली हात्तीको आतंक पछि बिद्यालयमा ५० देखि ६० बिद्यार्थीहरु आउने गरेको गणेश आधारभुत बिद्यालयका प्रधानध्यापक सुक्र सिंह चाडले बताएका छन् । ‘केही दिन अघि १ सय ५० बिद्यार्थीहरु बिद्यालयमा आउने गर्थे, हात्तीले बस्तीमा आतंक मच्चाउन थाले संगै दैनिक ५० देखि ६० बिद्यार्थी मात्रै बिद्यालयमा आउने गरेका छन्’ गणेश आधारभुत बिद्यालयका प्रधानध्यापक सुक्र सिंह चाडले भने– ‘हात्तीले सुत्न नदिएको कारण बिद्यालयमा समेत प्रभाव परेको छ् ।’ कक्षा ५ मा अध्यनरत ममता भाटले रातीको समयमा हात्तीको कारण रातभरी सुत्न नपाईने बताएका छन् । ‘घर नजिकै हात्तीको बथान आएर घर भत्काउने गरि कराउन थाल्छ्, ज्यान बचाउन भाग्नु पर्छ्’ ममता भाटले भने । नजिकको भारतिय जंगलबाट दैनिक १८ वटा हात्ती बस्तीमा भित्रिदै गर्दा स्थानियहरु सुत्न समेत नपाएको अर्का स्थानिय डुब्बु सार्कीले बताएका छन् । हात्ती धपाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत राभरी बडुवाल टोलमा परिचालित हुदै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । समसाँझ हात्ती धपाउन बडुवाल टोल गएको टोली बिहान मात्रै फर्किने गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) ले जनाएको छ् ।


ताजा समाचार

spot_img