मानव बेचबिखन बिरुद्धको दिवसमा दोधारा चाँदनीमा माईती नेपालको सडक नाटक (भिडियो)


पप्पु गुरुङ्ग, दोधारा । ‘हाम्रो आवाज : चेलीबेटी बेचबिखनबाट मुक्त समाज’ नारा सहित माईती नेपाल कञ्चनपुर र सुरक्षित संजालले दोधारा चाँदनीको सिमा बस्तीमा जनचेतनामुलक नाटक प्रदर्शन गरेको छ् । १६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको अवसर पारेर दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ भारत संग जोडिएको सिमा बस्ती जमुना आधारभुत बिद्यालयमा मानव बेचबिखन बिरुद्धको नाटक प्रदर्शन गरेको हो । कार्यक्रममा जनचेतना बाल क्लबका स–साना भाई बहिनीहरुले मानव बेचबिखन बिरुद्धमा झण्डै १ घण्टा जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए । नाटकमा गरिब बस्तीमा रहेको एक घरको आर्थिक तथा सामाजिक पिडामा किशोरी भारतमा आफन्तहरुले ललाई फकाई बिक्रिबितरण गर्छन् भन्ने नाटकमा सभ्य भाषामा प्रस्तुत गरिएको थियो । जनचेतना बाल क्लबका टिमले प्रदर्शन गरेको जनचेतनामुलक नाटकलाई स्थानियहरुले खुबै मन पाएका छन् ।

जनचेतना बाल क्लबले प्रदर्शन गरेको जनचेतनमुलक नाटक समय सान्द्रभिक रहेको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सिमा रहेको कारण मानव बेचबिखनको उच्च जोखिममा रहदै आएका छन् । माईती नेपाल कञ्चनपुरले समय समयमा भारतमा जोखिममा रहेका, बेचिएकाहरुको उद्धार गर्दै आएको कार्यक्रममा बताईएको छ् ।

झण्डै एक सय भन्दा बढी स्थानियहरुले जनचेनामुलक नाटक हेरेको माईती नेपाल कञ्चनपुरका मथुरा कुवरले बताएका छन् । नाटक पश्चात स्थानियहरुलाई मानव बेचबिखन कसरी हुन्छ, रोक्ने उपाय लगाएत जनचेतनामुलक पर्चा पम्पलेट समेत बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले दोधारा चाँदनीमा मानव बेचबिखनलाई रोक्न माईती नेपालले बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताएका छन् । दोधारा चाँदनीका सबै वडाका भारत संग जोडिएको सिमा बस्तीमा चाडैनै बिभिन्न खाले जनचेतनामुलक कार्यक्रम गर्ने तयारी भईरहेको उनले बताएका छन् ।

दोधारा चाँदनी भारत संग जोडिएको सिमा बस्ती भएको हुदै मानव बेचबिखन बिरुद्धमा एक जुट हुन आवश्यक रहेको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले बताएका छन् । कार्यक्रममा महिलाहरुलाई मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, सम्पर्क स्थान तथा कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षित बसाईसराई , लिंग र लैगिकता र मानव बेचविखन विरुद्ध स्थानियहरुको भुमिका लगाएतको वारेमा सुरक्षित संजालका संयोजक खिमा चन्दले जानकारी गराएका थिए ।

माईती नेपाल कञ्चनपुर र सुरक्षित संजालको आयोजनामा जमुना आधारभुत बिद्यालयमा आयोजित नाटकका कलाकारलाई स्थानियहरुले ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा माईती नेपाल कञ्चनपुरका मथुरा कुवर, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, जनचेतना बाल क्लबका संयोजक दुर्गा बडुवाल, जमुना आधारभुत बिद्यालयका प्रधानध्यापक महादेब भट्ट लगाएत सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुको बाक्लो सहभागीता रहेको थियो । दोधारा चाँदनीमा माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना संग जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ् ।


ताजा समाचार

spot_img