प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा रेबिज बिरुद्धको खोप पाईने


दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा रेबिज बिरुद्धको खोप पाईने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अबका दिनहरुमा एन्टिरेबिज भ्याक्सिन उपलब्ध गराईने बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुलाई कुकुर तथा जंगली पशुको टोकेपछि टाढाको महंगा अस्पतालमा गएर रेबिज बिरुद्धको खोप लगाउदै आएका छन् । कुकुर तथा जंगली पशुको टोकाईबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध हुनेभए संग स्थानियहरुमा खुशी छाएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई ४० भाईल रेबिज बिरुद्धको खोप उपलब्ध गराईने काठमाण्डौंबाट दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जनाएका छन् ।

नगरप्रबक्ता बस्नेतले आफ्नो सामाजिक संजाल फेसबुकमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डाक्टर रवण श्रेष्ठलाई धन्यबाद दिदै दोधारा चाँदनीका स्थानियहरुले कुकुर तथा जंगली पशुको टोकाईमा रेबिज बिरुद्धको खोप लगाउन टाढा नजानु पर्ने बताएका छन् । ‘दोधारा प्राथमिक स्वास्थ्य केन्द्र मासिक ४० भाईल एन्टिरेबिज भ्याक्सिन दिने निर्णय भएकोमा स्वास्थ्य सेवा बिभाग का महानिर्देशक डा रबण श्रेष्ठलाई धन्यबाद । काठमाडौं बसाई को मेहनत काम लाग्यो’ सामाजिक संजाल फेसबुकमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले लेखेका छन् ।


ताजा समाचार

spot_img