बादी परिवारलाई आत्मनिर्भर बनाउन सघाउदै एनएनएसडब्लुएको सुदृढ परियोजना


दोधारा । दोधारा चाँदनी नगरपालिकामा गरिबीको रेखामुनि रहेका बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले सघाउने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारिको भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोलको ३ बादी घरपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले उनिहरुलाई आत्मनिर्भर बनाउन सघाउने भएको बादी घरपरिवारहरुले जनाएको छ् । बस्तीमा रहेका रेशम बादी, बिरभाने बादी र रंगलाल बादीका घरपरिवारलाई उनीहरुको कला र सिपको माँग भएबमोजिम आरान र मोची (जुत्ता सिउने) को कामको लागी सामग्री खरिदमा एनएनएसडब्लुए को सुद्धढ परियोजनाले सहयोग गर्ने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । उनिहरुको आयस्तर बढाउन, जिविकोपार्जन गर्ने, नमुना बस्ती बनाउने उद्धेश्यका साथै बादी परिवारलाई जिविकोपार्जनमा सघाउन लागिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका संयोजक सुनारले बताएका छन् ।

बादी परिवारलाई जिविकापार्जनमा सघाउ संगै बादी घरपरिवारलाई समुदायले हेर्ने द्धष्टीकोणमा सकारात्मक प्रभाव पर्ने, उनिहरुमा आयस्तर बढ्ने, आत्मनिर्भर बन्ने आशा लिईएको छ् । गाँउ बस्ती चहारेर माँगी हिड्ने, जगबुडा नदीमा माछा मार्ने, नजिकै रहेको भारतिय जंगलमा च्याउ, सिस्नो, न्युरो टिपेर आफ्नो जहान परिवारको छाक टार्दै आएका छन् । उनिहरुको केही किशोर, किशोरी भारतमा ज्याला मजुरी गर्दै आएको छन् । अझै सम्म त्रिपालको सहारामा उनिहरु दिन काट्दै आएका उनिहरुलाई आयआर्जन बढाउन सके बादीपरिवारमा समृद्धि आउने आशा गरिएको छ् । आरन पंखा, हमबर (घन) सनासु, छिनी, बसुली, बन्चरो, रेती, रेलको पटरी (लिई), फलाम, मोची को सामग्री गरि झण्डै एक लाख बराबरको आय आर्जनको निम्ती सघाउने भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले जनाएको छ् । केही दिनमा उनिहरुलाई उक्त आयस्तर बृद्धि सामग्री हस्तान्तरण गर्ने कार्यक्रम राखिने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । बादी घरपरिवारहरुमा उनिहरुमा रहेको सिपको प्रयोग गरि रोजगारीको सृजना गरी स्वरोजगार बनाउन सघाउने भएको बताईएको छ् ।


ताजा समाचार

spot_img