दोधारा । ‘तिनै तहका सरकार मानव बेचबिखन बिरुद्ध सरोकार’ राष्ट्रिय नारा सहित दोधारा चाँदनी नगरपालिकामा १६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस मनाईने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको अध्यक्षमा बसेको आजको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको बैठकले आउदो २० गते १६ औं मानव बेचबिखन बिरुद्धको दिवस बिबिध जनचेतनामुलक कार्यक्रम सहित भब्यताको साथ मनाउने निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा बसेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठकका अनुसार उक्त दिन बाल क्लब मार्फत सडक नाटक, जनचेतनामुलक बृत चित्र प्रस्तुत लगाएत जनचेतनामुलक कार्यक्रम गर्ने भएको हो । दोधारा चाँदनी नगरपालिका महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले कार्यक्रमा सबै सरोकारवालाहरुलाई दिवसको दिन सहभागी गराईने बताएका छन् । उनका अनुसार मानव बेचबिखन बिरुद्धको दिवसलाई सभ्य तथा भब्य बनाउन सबै सरोकारवाला संग सहयोग र सहकार्य गरिने बताएका छन् । १६ औं मानव बेचबिखन बिरुद्धको दिवस दोधारा चाँदनी नगरपालिका वडा नं. ३ भारतको सिमा संग जोडिएको हात्ती पिडित बस्ती बडुवाल टोलका मनाईने माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित संजालका संयोजक खिमा चन्दले जानकारी दिएका छन् । बैठकमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका पदाधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निड्स नेपाल कञ्चनपुर, माईती नेपाल लगाएत प्रतिनिधीको समेत उपस्थिती रहेको थियो ।







