पप्पु गुरुङ्ग, दोधारा । जब रात छिप्पिदै जान्छ् तब बडवाल टोलबासीमा त्रास बढ्दै जान्छ । कताबाट हात्तीको बथान आएर अन्नबाली खाएर आफू बसेको घर भत्काइदिन्छ भन्ने डर उनीहरुमा सुरु हुन्छ् । रातिको समयमा बडवाल टोलका लक्ष्मी राना क्षेत्री हातमा टर्च लिएर घरवरिपरी उज्यालो बाल्छिन् । नजिकै रहेको भारतीय जंगलबाट वन्यजन्तुको बथानले अन्नबाली संगै घर भत्काउने डरले लक्ष्मीले घर नजिकै रात्रिको समयमा ठूलो उज्यालो गर्ने बत्ती जलाउछिन् । रातीको समयमा जाग्राम बस्न उनी बाध्य छिन् । ‘के गर्नु जंगली हात्तीले कतिबेला रातिको समयमा आएर घर भत्काउछन् भन्ने डर मनमै हुन्छ’, लक्ष्मीले भनिन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ् । तर उनीहरुको पीडा सुन्न कोही तयार छैनन् । हात्तीको हुल वर्षेनी आउदै गर्दा केही महिना अघि मात्रै संघीय सरकारको बजेटले बडवाल टोलमा सोलर लाईट जडान गरिएको छ् ।

बडवाल टोलबासीले सोलर लाईटको उज्यालोको कारण हात्ती बस्तीमा पसेको थाहा पाउछन् । बिगतका दिनहरुमा हात्ती बस्तीमा पस्दा अन्धकारमा ज्यान बचाउन भाग्नु पर्ने बाध्यता थियो । खेतमा अन्नबाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पस्दै आएको छ् । यो क्रम अझै सम्म नरोकिएको स्थानीयहरुले बताउदै आएका छन् । बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताउनु सताएको छ् । घर नजिक भारतीय जंगलमा वन्यजन्तुको आवाजले उनि मात्रै हैन, बडवाल टोलबासी त्रसित बन्दै आएका छन् । भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ् । नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् । यो हिजो आजको मात्रै समस्या हैन् । विगत लामो समय देखि बडवाल टोलबासीको हात्तीको त्रासद्धिबाट आजित छन् । यस वर्ष करिब २ साता देखि रातिको समयमा हात्तीको बथानले बडवाल टोलमा किसानहरुको बाली खाएर आतंक मच्चाउदै आएको छ् । हात्ती धपाउन रातको समयमा स्थानीयहरु जाग्रम बस्दै आएका छन् । समूह–समूहका जम्मा भएर अबेर राति सम्म स्थानीयहरु हात्ती धपाउदै आएका छन् ।

‘जंगली हाक्ती राति सुतेको बला आएर घरमै आात्रमण त्रास बढ्दो छ’, स्थानीय आशा राना भन्छिन्, ‘कतिबेला सुतेको बेला आएर हात्तीको हुलले एकै गाँस बनाउने हो थाहै छैन ।’ गएराति लक्ष्मी राना क्षेत्री, लाल बहादुर राना, पशुपती चन्द, वीर भण्डारी लगाएत एक दर्जनभन्दा बढी किसानले लगाएको धान तथा मकै जंगली हात्तीले खाएर, उधनेर नष्ट गरेको छ् । रातिको समयमा हुल बाँधेर आएको हात्तीले एक क्षणमा बाली नष्ट गर्दा किसानहरुलाई वर्षभरि खानाको समस्या खेप्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकालाई सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरिसकेको छ् । तर दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका हात्तीपीडितहरुले राहत नपाएको उनीहरु गुनासो छ् । ‘मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट जोगाउन सञ्चालित कार्यक्रमबाट हामीलाई कुनै पनि प्रकारको राहत पाएका छैनौ’ बडवाल टोलका किसानहरु भन्छन् । २०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा वन्यजन्तुबाट जिउधनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो । वन्यजन्तु संरक्षण संगै आयआर्जन कार्यक्रमबाट खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । तर मध्यवर्ती क्षेत्र घोषणा गरेको दशक बित्न लाग्दा पनि वन्यजन्तुले गर्दै आएको क्षतिको विषयमा सरोकारवालाले स्थानीय किसानहरु खासै राहत तथा क्षतिपूर्ति नदिएको उनीहरुको गुनासो छ् ।







