आरक्षपीडितको समस्या समाधान
गर्न आयोग तयार छ : संयोजक बोहरा

कञ्चनपुर : कञ्चनपुरमा बषौँदेखि जकल्टिएको आरक्षपीडितको समस्या समाधानका लागि बोहरा आयोग तयार रहेको कार्य दलका संयोजक दल बहादुर बोहराले प्रतिबद्धतता जाहेर गरेका छन ।
सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारका लागि मुआब्जा निर्धारण आयोगले आयोजना गरेको छलफल तथा बैठक कार्यक्रममा संयोजक बोहराले पीडितको समस्या समाधान गर्ने बताएका हुन ।
संयोजक बोहराले लामो समयदेखि पीडितको समस्या जटिल बन्दै गएको अवस्थामा अब आफ्नो आयोग अन्तिम हुनुपर्नेमा जोडदिदै समस्या समाधानका लागि तयार रहेको बताए । ‘पीडितका दुखेसो, गुनासा र पीडा व्यक्त गर्दा मेरो त आँखैबाट आँशु आउँछ, ‘बोहराले भने, ‘अब यसै आयोगबाट समस्याको अन्तिम टुङगो लगाएर समस्या समाधान गर्छु ।’ आयोगको कामलाई राजनीतिक दल, नागरिक समाज, पीडित एव सरकारले समेत साथ दिनुपर्नेमा जोडदिए ।
राजनीतिक दल सहित कार्य दलको बैठकले पीडितको समस्या समाधानका लागि थप अधिकार माग्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले पीडितको समस्या समाधानको विकल्प नभएको बताए । ‘आरक्षपीडितको समस्या जिल्ला मात्रै होईन, राज्यकै समस्या हो, ‘उनले भने, ‘यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेले राज्यबाट पीडितको सम्पत्ती खोसिएकाले अब राज्यले पीडितको पुर्नस्थापनामा जोडदिए । उनले बोहरा आयोगलाई थप आधिकार दिएरै भएपनि पीडितको समस्या समाधान गर्नुपर्ने बताए । राजनीतिक दलका तर्फबाट आफुले सहयोग गर्ने समेत प्रतिबद्धता जोहर गरे । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले विगतका आयोगको प्रतिवेदन अध्ययन गरेर पनि पीडितका हितमा भएका प्रतिवेदन कार्यान्वयनमा जोडदिए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य दिल ब. देउवाले पीडितको पहिचानदेखि छुटफुट समेत समेटेर सबैलाई भूमि अधिकार दिलाउनुपर्नेमा जोडदिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले ठाकुर आयोगले सरकारलाई बुझाएको १४ सय ८० मै टिकेर कामकाज गर्ने कार्यधिकार आएको बताउँदै अनुरुप छानबिन गर्नुपर्ने बताए । कार्यदलका संयोजक बोहराले आरक्षपीडितका सबै शिबिरमा गएर अध्ययन गर्दै पीडितको माग चाहना अनुरुप पुर्नस्थापनाका लागि योजना ल्याउने बताए । ०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित पीडितको उचित पुर्नस्थापना नहुँदा खुला आकासमुनी रात काट्न बाध्य भएका छन ।

ताजा समाचार

spot_img