डडेल्धुरा र दार्चुलामा एक साताका लागि सामुदायिक विद्यालय बन्द

महेन्द्रनगर : डडेल्धुरा र दार्चुलामा एक साताका लागि विद्यालय बन्द भएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले सेवासुविधा ग्यारेन्टी गर्न माग गर्दै विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद् डडेल्धुराका पूर्वअध्यक्ष धर्मराज पन्तका अनुसार सोमवारदेखि १८ गते सम्मका लागि विद्यालय बन्द गरिएको जानकारी दिए ।

‘नेपाल विद्यालय कर्मचारी परिषद्ले निर्धारण गरेको आन्दोलनका कार्यक्रम अनुसार डडेल्धुराका विद्यालय पनि बन्द गरिएको हो,’ उनले भने । नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका अध्यक्ष टेकबहादुर ऐरीले विगतदेखि नै परिषद्ले राखेको माग सम्बोधनमा सरकार उदाशीन भएको बताउँदै बाध्य भएर एक साताका लागि विद्यालय बन्द गर्नुपरेको बताए । उनका अनुसार विद्यालय कर्मचारीको आन्दोलनमा विभिन्न शिक्षक संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।
यस्तै, आन्दोलनका कारण दार्चुलाका सामुदायिक विद्यालय पनि बन्द भएका छन् । निर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत आईतवारदेखि सामुदायिक विद्यालयहरु बन्द गरिएका हुन् । सरकारले आफूहरुको राखेका बुद्ध माग सम्बोधन गर्न बेवास्ता गरेकोले भदौ १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक विद्यालय बन्द गरिएको परिषदले जनाएको छ ।

ताजा समाचार