दोधारा चाँदनीको तटिय क्षेत्रका बासिन्दालाई सधैं बाढीको त्रास


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियकवर बस्तीमा माया देबी सुनारको घरबाट महाकाली र जगबुडा नदी निकै नजिक छ् । उनलाई महाकाली नदी र जगबुडा नदीको सुसाहटले आज भोली निन्द्रा नै पर्दैन् । रातिको समयमा चार देखी पाँच पटक उनले नदी तिर नजर लगाउने गरेको बताईन् । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउछिन् । ‘दिनभर काम गरेर थकित भईन्छ् । बाढीको त्रासले निन्द्रा लाग्दैन,’ माया देबी सुनारले भनिन्,’ सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ् ।’ सोही बस्तीको मोती राम सुनारले वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बताउछन् । उनले महाकाली नदी र जगबुडा नदीका कारण आफूहरु सधैं त्रासमा रहने बताए । ‘अहिले सम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ् । त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन,’ मोती राम सनारले भने, ‘तराईमा पानी नपर्दा पनि बाढी आउछ् । पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ् ।’ कुतियकवर बस्ती महाकाली नदी र जगबुडा नदीको दोभानको भारत संग सिमा जोडिएको बस्ती हो । नदीको कारण यहाँका दर्जनौं किसानको जग्गा कटानी गर्दै आएको छ् । बस्तीमा ४६ घरधुरी रहेका छन् । बाढी आएको बेला कुतियकवर बस्तीको बिचल्ली हुन्छ् । गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै स्थानिय टेक बहादुर सुनारले महाकाली नदी र जगबुडा नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए । समयमै बिउबिजन र मलखादको अभाव झेल्दै आएका सुनारले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए ।

‘एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न पाईदैन,’ सुनारले भने, ’नदी तटबन्धका लागि कैयौं पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ् । समस्या जस्ताको त्यस्तै छ् ।’ बर्सेनि नदीले कटान गर्न थलेपछि बस्तीनै साँगुरो हुदै गएको उनको भनाई रहेको छ् । महाकाली नदीले धार परिवर्तन गरे संगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपनि कुतियकवर बस्तीमा ठुलो क्षती हुने पक्का पक्की छ् । गएको बाढीको बेला प्रधान मन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर बस्ती लगाएत बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् । तर दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिदैन् । बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत बितरण गर्ने काम मात्रै हुदै आएको स्थानिय बाढी पिडितहरु बताउदै आएका छन् । देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियाकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् ।

मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने जानकारहरु बताउछन् । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत नेपाल सरकार नदी नियन्त्रणका बिषयमा प्राय ः मौन देखिन्छ् । लहलहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको शिकार भईरहेका छन् । बाढीबाट बिस्थापित हुदाको परिवारको बिचल्लीको अर्कै कहाली लाग्दो पिडा छ् । उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् ।

(फाईल फोटो)

 


ताजा समाचार

spot_img