बैतडी : बुबाको हत्या गर्ने युवक पक्राउ बुबाको हत्या गर्ने बैतडीको डिलाशैनी नगरपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशी पुर्पक्षका लागी कारागार चलान भएका छन ।

जोशीले गत साउन १३ गते आफ्नै ६८ वर्षीय बुवा अन्तराम जोशीलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरि अदालत पेश गरेपछि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनु भएको छ ।

