महाकाली नदीमा डुबेर दोधारा चाँदनीका एक बालिका वेपत्ता : खोजी कार्य जारी


दोधारा । महाकाली नदीमा नुहाउने क्रममा एक बालिका वेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका ७ कि १० वर्षिया सन्ध्या सुनार बुधबार विहान महाकाली नदीको घकनाघाटमा नदीमा डुबेर वेपत्ता भएकी हुन् । दोधारा चाँदनी नगरपालिका–९ स्थित ठुलै आमाको घरमा बस्न गएकी उनी विहान आफन्त अन्जली सुनार सहित नदीमा नुहाउन गएकी हुन् । स्थानीयका अनुसार नुहाउने क्रममा नदीमा डुबेका दुई जना मध्ये अन्जली बाहिर निस्केकी थिइन् । अन्जली १५ वर्षकी छन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु सहित सुरक्षाकर्मी र स्थानीय घकनाघाट पुगेका छन् । सुरक्षाकर्मी र स्थानीयले वेपत्ता बालिकाको खोजी थालेका छन् ।

 


ताजा समाचार

spot_img