दोधारा चाँदनीमा महाकाली नदी नियन्त्रणको लागी प्रमुख जिल्ला अधिकारीको स्थलगत अनुगमन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा महाकाली नदी नियन्त्रणको लागी प्रमुख जिल्ला अधिकारीको एक टोलीले स्थलगत अनुगमन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी नियन्त्रणको लागी निमार्ण भएको पक्की तटबन्धको कमजोर र जिर्ण भएको अवस्थामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालयको टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को तटिय क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ् ।

अनुगमनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालय, जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गा बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव जोशी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउका वार्डेन किशोर कुमार मेहता, सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को प्रधान टोल, कुतियावकर बस्ती नजिक रहेको महाकाली नदीको अवस्था र तटबन्धको अवस्थाको बारेमा स्थानियहरु संग जानकारी लिएको थियो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली नदीको पक्की तटबन्धको क्षतीग्रस्त अवस्था र तटबन्धको सतह बिगतका तुलनामा धस्सीदै गएको प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।


ताजा समाचार

spot_img