सुरक्षित संजालले दोधारा चाँदनीमा जनचेतनामुलक कार्यक्रम गर्ने


दोधारा । मानव बेचबिखन तथा ओसारपसार नियन्क्रणमा त्रियाशिल संस्था माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सुरक्षित संजालले जनचेतनामुलक कार्यक्रम संचालन गर्ने भएको छ् । मानव बेचबिखन तथा ओसार पसार रोक्न सुरक्षित संजाल दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको वडाहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ् । सुरक्षित संजाल दोधारा चाँदनीको आज बसेको बैठकमा दोधारा चाँदनी नगरपालिका संग जोडिएको वडा तथा बस्तीहरुका स्थानियहरु संग मानव बेचबिखन तथा ओसार पसार रोक्न अन्तरक्रिया तथा छलफल गर्ने भएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको बस्तीहरुमा मानव बेचबिखन तथा ओसार पसार हुने सक्ने सम्भिावनाहरुलाई मध्यनजर राख्दै सिमा बस्तीहरुमा समय अनुकुल अन्तरक्रिया, छलफल लगाएत बिभिन्न कार्यक्रम संचालन गर्ने भएको सुरक्षित संजालका संयोजक चन्दको भनाई रहेको छ् । बैठकमा सुरक्षित संजालका पदाधिकारी तथा माईतीी नेपालका कर्मचारीको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img