कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका पुरानो चवन्नी बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी ललित खत्री चयन भएका छन । बेलडाँडी गाँउपालिका २ चवन्नी बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी खत्री सर्वसम्मत चयन भएका हुन । चवन्नी बजार व्यवस्थापन समितिको हालै सम्पन्न भएको बार्षिक साधारण सभाबाट खत्रीको अध्यक्षतामा नयाँ कार्य चयन भएको हो ।
उपाध्यक्ष फुलकुमारी राना, सचिव बलदेव पन्त, सह सचिव केशव माली, कोषाध्यक्ष बसन्तीदेवी जोशी चयन भएका छन । उपाध्यक्ष फुल कुमारी राना महिला उद्यमी तथा हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेबाट बेलडाँडी गाँउपालिका उपप्रमुखमा चुनाव लडेकी थिईन । सदस्यहरुमा तपराज माली उदय सिह, दिल ब. विष्ट, सुरेन्द्र खडका, कमला नेपाली, हेमा खडका रहेको छन ।
बेलडाँडी दक्षिणी क्षेत्रको प्रख्यात चवन्नी बजार पुर्वपश्चिम हुलाकीराजमार्गसंगै जोडिएको बजार हो । बजार व्यवस्थापन समितिमा चयन भएका अध्यक्ष खत्री युवा व्यवसायी हुन । उनले झण्डै २दशक व्यवसाय गरेका थिए । केही समय दक्षिण कोरियाको समेत अनुभव लिएका छन । अध्यक्ष खत्रीले व्यवसायीको हकहितका साथै चवन्नी बजारलाई व्यवस्थिति बनाउने योजना अघि सारेका छन । ‘मेरो जिम्मेबार बजारको व्यवस्थापनका साथै आम व्यवसायिकको हकहितका लागि काम गर्ने हो, ‘शुक्लाफाँटा निकुञ्जसंगै बेलडाँडी कालिकिचदेखि बेदकोट दैजीसम्मको सडकखण्डमा निकुञ्जले सीमित समय खोल्ने गरेको छ, यसबाट आम स्थानीय सहित व्यवसायी मारमा परेका छन, ‘उनले भने, ‘हुलाकी सडक २४सै घण्टा खुलाउन सरकारी निकायसंग समन्वय गरेर पहल गर्छु ।’ व्यवसायिक हकहितका साथै बेलडाँडी क्षेत्रका नागरिकका साझा समस्यामा आफ्नो तर्फबाट सक्दो पहल गर्ने अध्यक्ष खत्रीको प्रतिबद्धता छ ।







