दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा गर्भवती महिलाहरुको शल्यक्रियाको ब्यवस्था गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा आयोजित एक कार्यक्रमको बिच निकसाइमन इन्स्टिच्युट, दोधारा चाँदनी नगरपालिका कार्यालय र प्राथमिक स्वास्थ्य केन्द्र बिच भएको सम्झौता अनुसार केही दिन भित्र गर्भवती महिलाहरुको शल्यक्रिया प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ब्यवस्था गरिने भएको छ् । निकसाइमन इन्स्टिच्युट बिमल पुन, आईस्था शाही, दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका ब्यवस्थापन समितिका अध्यक्ष तथा नगरफ्रबक्ता ओंम बस्नेतले सयुत्त हस्ताक्षर गरि अस्पताल बिकास र उपचरात्मक सेवा सहयोगको लागी आउदो २०८३ साल सम्मको लागी सम्झौता गरेका छन् । निकसाइमन इन्स्टिच्युट संग सहकार्य गरि एमडिजिपि डाक्टर ल्याउने सम्झौता गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेतले बताएका छन् । ‘माननीय डा.क दिपक प्रकाश भट्टको पहल आएको निकसाइमन संग सहकार्य गरि एमडिजिपि डाक्टर ल्याउने सम्झौता गरियो । अब हामी केहि दिनमा गर्भवतीहरुको ओप्रेसन पनि दोधारा प्राथमिक स्वास्थ्य केन्द्र गर्ने तयारी गर्दै छौ । सबैले मिलेर सहयोग गरिदिन अनुरोध गर्दछु । डाक्टरलाई काम गर्ने राम्रो वातावरण बनाईदिए स्वास्थ्य क्षेत्रमा सुधार हुने कुरामा ढुक्क छौ’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता ओंम बस्नेतले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।








