कञ्चनपुर : गुलरिया तेक्वान्दो डोजाङ्ग कृष्णपुरले पाचौं गे्रडिङ्ग कार्यक्रम तथा नव निर्वाचित वडा प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार पाँचौ जुनियर ग्रेडिङ्ग कार्यक्रम सञ्चालन गरिएको हो । गुलरिया तेक्वान्दो डोजाङ्ग प्रमुख तारा विष्ट भोलेन्टर प्रशिक्षक नरेश खडका र अरुण देउपाको उपस्थितीमा ६५ जना बालबालिकाको ग्रेडिङ्ग गरिएको हो ।

जुनियर खेलाडीहरुको ग्रेडिङ्ग कार्यक्रम अन्र्तगत उनीहरुको सेतो बेल्ट बाट रातो बेल्ट सम्म उनीहरुको खेल प्रस्तुतीको आधारमा श्रेणी पदोन्ती भएको जिल्ला सचिव गोबिन्द थापाले बताउनु भयो । सोही कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष टेक राज पाण्डेय, सदस्य चित्र बहादुर रावल, शान्ति देवी नेपाली, सिता बोकटी र परमदेव रानालाई दोसल्ला ओडाएर तथा मायाको चिनो दिएर सम्मान गरिएको छ । सम्मान कार्यक्रममा वडा अध्यक्ष पाण्डेयले ‘खेलकुदले राष्ट्रको नामलाई विश्वसामु चिनाउने र स्वास्थ्य रहनको लागि पनि खेलकुद अति आवश्यक रहेकोले सबैले केही समय खेलकुदको लागि पनि दिनु पर्ने’ बताए । उनले भने ‘ बालबालिकाको सर्वाङ्गिण विकासको लागि आफुले कुनै कसर नछोडने र खेलकुद विकासको लागि गुलरिया तेक्वान्दो डोजाङ्गलाई खेलकुद सामग्री उपलब्ध गराउने छु ।’ त्यसै गरी कार्यक्रमका अध्यक्ष तथा कञ्चनजङ्गा मा.वि.का प्राचार्य पदम बहादुर ऐरले ‘हरेक व्यक्तिको जिवनमा खेलकुद महत्वपुर्ण भएकोले सबैले खेलकुदलाई निरन्तरता दिनु पर्ने अहिले हुने विभिन्न किसिमका रोग बाट लड्न सबै भन्दा राम्रो खेलकुद र व्ययाम हुने हुनाले सबैले खेलकुद र व्ययाम गर्नुपर्नेमा जोड दिनु भयो ।’ साथै खेलकुदको लागि आगामी दिनमा पनि खेलमैदान उपलब्ध गराउनुका साथै खेल सामग्री पनि उपलब्ध गराउने बाचा गर्नु भयो ।

कृष्णपुर नगरपालिकाको वडा नं. ५ गुलरिया सञ्चालन भएको पाँचौ ग्रेडिङ्ग तथा नव निर्वाचित वडा प्रतिनिधिहरुलाई सम्मान कार्यक्रमा कञ्चनजङ्गा मा.वि.का प्राचार्य पदम बहादुर ऐरको अध्यक्षतामा प्रमुख अतिथी कञ्चनपुर जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र के.सीको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट आतिथ्यमा वडा नं. ५ का वडा अध्यक्ष टेकराज पाण्डेय, कञ्चनपुर जिल्ला तेक्वान्दो संघका सचिव गोबिन्द थापा रहनु भएको थियो कार्यक्रम सञ्चालन शिक्षक भरत जोशीले गर्नु भएको थियो ।







