कुतियाकवर बस्तीलाई दियो निड्स नेपालले बाढी प्रतिकार्यको लागी किस्ती


दोधारा । निड्स नेपाल कञ्चनपुरले कुतियावकर बस्तीमा बाढी प्रतिकार्यको लागी किस्ती निमार्णमा सहयोग गरेको छ् । निड्स नेपाल कञ्चनपुर र मर्सिकोर नेपालको सहयोगमा दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियावकर सामुदायिक बिपद् ब्यवस्थापन समितीलाई एक वटा किस्ती निमार्ण कार्यमा सहयोग गरेको कुतियावकर सामुदायिक बिपद् ब्यवस्थापन समितीका अध्यक्ष मोतीराम सुनारले जानकारी दिएको छ् । बाढी आएको बेला स्थानियहरुलाई बाढीबाट उद्धार गर्न सहजताको लागी उक्त किस्ती सहयोग गरिएको निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्याय्ले बताएका छन् । बाढी आएको बेला बिगतका दिनहरुमा सामुदायिक किस्ती नभएको अवस्थामा उद्धार गर्न असहज भएको कारण उनिहरुको लागी बाढी प्रतिकार्यको लागी एक वटा किस्ती निमार्ण कार्यमा सहयोग गरेको निड्स नेपाल कञ्चनपुरका ईश्वर उपाध्याय्ले बताएका छन् । काठको किस्ती २४ फिट लम्बाई र ६ फिट चौडाई रहेको बताईएको छ् । निड्स नेपाल कञ्चनपुर र मर्सिकोर नेपालको बाढी उत्थानशिल परियोजना अन्तर्गत बाढी प्रतिकार्यको लागी समुदायमा किस्ती सहयोग गरिएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियावकर, अठार नम्वर पिल्लर बस्ती, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल लगाएत बस्तीमा महाकाली नदी र जगबुडा नदीको पानी पसेर बिगतका दिनहरुमा किस्तीको सहाराबाट उद्धार हुदै आएको हो । निजी किस्तीहरु घाम, पानीले सडेर नष्ट भएपछि स्थानियहरुले निड्स नेपाल कञ्चनपुरको बाढी उत्थानशिल परियोजनालाई बाढीको बेला उद्धारको लागी किस्ती निमार्ण गरिदिन माँग राखेका थिए ।


ताजा समाचार

spot_img