कञ्चनपुर: कोरोना बढिरहेका बेला गड्डाचौकीमा कोरोना चेकजाँचका नाममा फितलो भएको छ । भारतबाट फर्किने सबै मानिसलाई चेकजाँच गर्नुपर्ने भएपनि कसैलाई चेकजाँच गर्ने कसैलाई नगर्ने गरेको गुनासो आएको छ । यातायात व्यवसायी समेत रहेका डम्बर विष्टले भारतबाट स्वदेश फर्किनेमाथि हेल्थडेस्कमा चरम लार्पबाही भएको बताए । ‘भारतबाट स्वदेश फर्किने मजदुरलाई ठेलठाल गरेको चेकजाँच गरिन्छ, घण्टौँ लाईनमा कुराईयो, ‘उनले भने, ‘धनीमनी निजी कार सवारी साधनमा आउनेलाई चेकै गरिदैन, गरिएपनि सुविधामा गरिन्छ ।’

कञ्चनपुरका स्थानीय अगुवा महेशराज जोशीले गड्डाचौकीमा फितलो चेकजाँचसंगै त्यहाँ एन्जिजिन मार्फत चेकजाँच गरिएकालाई सिधै ल्याएर महाकाली अस्पतालमा थन्क्याउने प्रवृतिले कोरोना महामारी बढ्ने भयो ।’ सरकारले सेती र डडेल्धुराको अस्पताललाई कोरोना अस्पताल बनाएरपनि एन्टिजिनमा पोजेटिभ देखिएलाई एम्बुलेन्समा हुलेर महाकाली अस्पताल पु¥याउने र त्यहाँबाट चेकजाँच बिनै घर पठाउने प्रवृतिले थप जोखिमा निम्त्याएको बताए । भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले गड्डाचौकीमा चेकजाँच गर्ने कार्य धनीगरीब हेरेर चेकजाँच नगर्ने गरेको बताउँदै सुधार गरिने बताए । ‘अहिले हेल्थडेस्क पालिका मातहत छैन, ‘उनले भने, ‘अहिले प्रदेशमा गएको छ ,तर चेकजाँचमा विभेद नगर्नुपर्ने हो ।







