कञ्चनपुर : नेपाल पंतञ्जली योग समिति अन्र्तगतको पंतञ्जली योग समिति कञ्चनपुर तथा पंतञ्जली महिला योग समितिका पदाधिकारीहरुको एक समारोहका बीच सपथ ग्रहण कार्यक्रमको समरोह सम्पन्न भएको छ । पंतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी अध्यक्षता एवं नेपाल पंतञ्जली योग समितिका केन्द्रिय सदस्य कञ्चनपुर जिल्लाका संस्थापक एवं मुख्य योग प्रशिक्षक लब राज भट्टको प्रमुख आतिथ्यतामा बरिष्ठ अधिवक्ता हिक्मत सिंह भण्डारीले नव निर्वाचित पदाधिकारीहरु लाई सपथ गराउनु भएको थियो ।
नव निर्वाचित पंतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी, उपाध्यक्ष ई धन सिंह रावल, महामन्त्री हरि सिंह रावल, मन्त्री ईश्वरी दत्त अवस्थी, संगठन मन्त्री प्रकाश कलौनी कोषाध्यक्ष गणेश बहादुर चन्द रहनु भएको थियो ।
यसै गरि महिला समिति तर्फ निर्वाचित अध्यक्ष कमला पाण्डेय, उपाध्यक्ष भावना के.सी., महामन्त्री लक्ष्मी देवि अवस्थी, मन्त्री लक्ष्मी पन्त संगठन मन्त्री लक्ष्मी जोशी लगायत विभिन्न क्षेत्रका जिल्ला प्रभारीहरुले सपथ लिएका थिए । सपथ ग्रहण समारोमा पूर्व अध्यक्ष दान सिंह ठकुराठी, कोषध्यक्ष गणेश बहादुर चन्द, स्वअध्याय प्रभारी आचार्य सुर्दशन जोशी, जिल्ला युवा प्रभारी शिवराज पनेरु, कृष्णपुर नगर प्रभारी खगेन्द्र प्रसाद ओझा, लगायतले कार्यक्रममा शुभ कामना राख्नु भएको थियो ।
महामन्त्री हरि सिंह रावल द्धारा सञ्चालन भएको समारोहमा सहभागि सबै लाई धन्यवाद दिनु भएको उक्त समारोहमा सबै सहभागिहरुले निर्वाचित समितिबाट कञ्चनपुर जिल्ला भरी योग र आयुर्वेद लाई व्यापक प्रचार प्रसार गर्दै स्वस्थ्य जिवन जिवन हरेक स्थानिय तह र हरेक वडा , टोलमा योग विस्तार हुने कुरमा अपेक्षा गरेको कुरा मिडिया प्रभारी प्रेम सिंह भाटले बताउनु भएको छ ।







