कञ्चनपुर : महाकाली साहित्य संगमले गौरा महोत्सव २०७९ मनाउने भएको छ । वि.स.२०७६ चैत्र ११ गते देखि कोभिड–१९ का कारण हालसम्म महोत्सवको रुपमा मनाएको थिएन । २०७७ मा गौरा पर्व भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाएको थियो भने २०७८ मा महाकाली साहित्य संगमको कार्यालयमा सिमित कार्यक्रम गरि मनाईएको थियोे ।

भाद्र शुल्क पञ्चमी देखि शुरु हुने गौरा पर्व यसपालि भदौं १६ गते परेको हुनाले भर्दौ १६ देखि भदौं २५ सम्म गौरा महोत्सवको रुपमा महाकाली साहित्य संगमले मनाउने निर्णय गरेको छ । कञ्चनपुरको खुल्ला मञ्चमा आयोजना हुने महोत्सवका लागि १५१ मुल आयोजक समिति गठन गरेको महाकाली साहित्य संगमका अध्यक्ष हरीश प्रसाद जोशीले बताए । जसमा सङ्गम केन्द्रीय अध्यक्ष हरीश प्रसाद जोशीको अध्यक्षतामा १५१ सदस्यहरूको मुल आयोजक समिति रहेको छ । महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न विभिन्न उप समिति गठन गरिएको छ् । उपसमिति ः मन्च अतिथि सत्कार उद्दघाटन व्यवस्थपन संयोजक महासचिव भवानी चन्द, अनुगमन तथा मूल्याकंन उपसमिति सयोजक हजारी सिह पुजारा, चन्द्कला पन्त, कृष्णदत्त चटौत, पन्चमराज भट्ट र हरि प्रसाद खतिवडा, आर्थिक उप समिति सयोजक राजेन्द्र रावल, बशीधर जोशी, हिरा चन्द, त्रिलोक दत तिवारी, कुन्ति बोहोरा र गौरी जोशी, स्वयम सेवक परिचालन उप समिति सयोजक सचिव उतम विष्ट÷बिन्द्र सारा, प्रचार प्रसार एव सम्प्रेषण अर्जुन सिह नेगी, अमित प्रसाद भट्ट, भास्कर केसी र ज्ञानेन्द्र महता, ढेउडिया सम्पर्क लक्ष्मि प्रसाद भट्ट, कविराज भट्ट, रमेस पन्त, मनोरमा भट्ट, सरस्वती रावल, टेक बहादुर सोनाम, डा.मोहन प्रसाद पन्त, छायाङ्कन बीर बहादुर चन्द, खगेन्द्र नाथ बियोगी, सास्कृतिक, झाँकि चिना नेपाली उपाध्यक्ष सुरज आउजी, गीता आउजी, सीता पुजारा, कुन्ति बोहरा, पुष्पा जोशी, बिरुडा तथा खाद्य व्यवस्थपन, सयोजक गौरी प्रसाद जोशी र अमरराज पन्त रहेका छन् ।

अध्यक्ष जोशीले भने ‘लामो समय देखि हुन नसकेको गौरा यसपाली महोत्सवका रुपमा मनाउने निर्णय गरेका छौं । ’उनले भने ‘गौरा पर्व पर्वमात्र नभई यसले सबैंलाई जोड्ने माध्यम पनि हो, यहाँ छुवाछुत, भेदभाव हुदैंन, यसले समाजिक एकता गाँस्ने काम गर्दछ ।’ यसपर्वमा शिव पार्वती प्रति भक्ति भाव त रहेकै हुन्छ भने विरुडा जुन पौष्टीक आहारको रुपमा लिने गरिन्छ । त्यसलाई प्रसादको रुपमा ग्रहण गर्दा पनि पौष्टीक तत्व मिल्ने गर्दछ । त्यसैगरी धमारी, चाचरी र देउडा गितले बर्ष दिनको थाकन मेटेर मनोरञ्जनको रुपमा पनि लिने गरीन्छ । आज बसेको महाकाली साहित्य संगमको बैठकले यसपालिको गौरा महोत्सव भव्य र सभ्यका साथ मनाउन सबैले आ–आफ्नो तर्फ बाट ईमान्दारीका साथ लाग्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।







