एकता संस्थाको ३० औ साधारण सभा सम्पन्न

कन्चनपुर : कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा रहेको एकता संस्था ले ३० अौ साधारण सभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उत्तम भट्ट प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि भट्टले संस्थाको स्थापना उदेश्य अनुसार सस्थाले यस वडाको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। सस्थालाइ वडा बाट अावश्यक सहयोग उपलब्ध गराउने प्रमुख अतिथि भट्टले अाश्वासन दिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गिरीराज शर्मा, पुर्व अध्यक्ष लवदेव अवस्थी, पुर्व अध्यक्ष सिर्जना रावल, पुर्व अध्यक्ष महेश प्रसाद भट्ट लगायतले मन्तब्य राखेका थिए। वार्षिक प्रगति प्रतिवेदन सस्था महासचिव भुवन चौधरीले प्रस्तुत गरेका थिए। अार्थिक प्रगति प्रतिवेदन सस्था कोषाध्यक्ष भीम भट्ट ले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन सचिव माधवप्रसाद भट्टले गर्नु भएको थियो । कार्यक्रम संस्थाको अाफनै भवनमा अायोजना गरिएको थियो।

ताजा समाचार

spot_img